दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १२ माघ । वडा प्रहरी कार्यालय, बिर्ता ले बिल विजक भन्दा बढी विभिन्न किसिमका मेडिकल सामाग्री तथा हार्डवेयर लगायतका मालबस्तुहरू बोकेको ट्रक र भारतीय पिकअप लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा बुधबार वीरगञ्ज बाट काठमाण्डौ तर्फ गईरहेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६, रेल्वे सडक खण्ड बाट ना. ३ ख ७७१३ नम्बरको ट्रक र BR 05 GA 9042 नम्बरको भारतीय  पिकअप गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ५९ लाख १८ हजार १ सय ३१ बराबरको ट्रक र पिकअप गाडी र सो भित्र लोड रहेको मेडिकल सामाग्री तथा हार्डवेयरका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको कुरा प्रहरी निरीक्षक विशाल मल्लले बताएका छन् ।