दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १० जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडाहरू बोकेको एउटा भारतीय मालवाहक पिकअप लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

मंगलबार साँझ करिब ०६:३० बजेको समयमा ड्राईपोर्ट बाट वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ करिब ०६:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २५, चण्डालचोक स्थित सडक खण्ड बाट BR 05 GC 3017 नम्बरको मालवाहक पिकअप रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रु. १७ लाख ३९ हजार ४ सय ४८ बराबरको पिकअप र सो पिकअप भित्र लोड रहेको खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।