दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०१ फागुन । वीरगञ्जको पिपरा स्थित पशुपतिनाथ मन्दिरमा भारतको काशी विश्वनाथका मुख्य पुजारी पण्डित डा. श्रीकान्त मिश्र तथा जानकी मन्दिर जनकपुर का महन्थ रोशन दास जी महाराजको सानिध्यमा वीरगञ्ज मै पहिलो पटक प्रवचन तथा महाआरती भब्यताका साथ सम्पन्न भएको छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न महाआरती कार्यक्रममा विभिन्न धामबाट आउनु भएका साधु तथा महन्थहरु, महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायत बारा, पर्सा तथा छिमेकी मुलुक भारत बाट समेत भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो, भने वीरगन्ज महानगरपालिकाका उप-प्रमुख  इम्तियाज आलम ले  धार्मिक स्थलहरुको विकास र विरगन्जलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने हाम्रो प्राथमिकता रहेको कुरा जानकारी गराउनुको साथै काठमाडौ पशुपतिनाथ मन्दिर जान नसक्ने व्यक्तिहरु बीरगंज स्थित पिपरामा रहेको पशुपतिनाथको मन्दिरमा दर्शन गर्न आग्रह समेत गरेका छन् ।