दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, १५ मंसिर । बीरगंज का चर्चित युवा पत्रकार नरेश सर्राफको एक्का बिहानै हृदयघात बाट निधन भएको छ ।

स्थानीय तथा राष्ट्रिय स्तरको सञ्चार संस्थामा कार्यरत हुनु को साथै नेपाल पत्रकार महासंघ पर्सा शाखाको सदस्यसमेत रहेका सर्राफको ३० वर्षकै अल्पायुमा हृदयघातका कारण निधन भएको हो ।

बिहानको शारिरीक व्यायमका क्रममा एक्कासी लडेपछि सर्राफलाई बिहिबार बिहान परिवारका सदस्यले बीरगंज स्थित नारायणी अस्पतालमा भर्ना गराएका थिए । अस्पताल भर्ना गर्नुभन्दा पहिलानै उनको मृत्यु भइसकेको चिकित्सकले बताएका छन् ।

नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. सरोज रोशन दासका अनुसार अस्पताल ल्याउँदा बाटोमै उनको मृत्यु भइसकेको थियो । अस्पतालको आपतकालीन वार्डमा सर्राफलाई मृत घोषणा गरिएको थियो ।

सर्राफ विगत डेढ दशकदेखि वीरगञ्जलाई आफ्नो कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका थिए । उनको निधनले पर्सेली पत्रकारिताको क्षेत्रमा अपुर्णिय क्षती पुगेको छ । उनी सगरमाथा टेलिभिजनको पर्सा जिल्ला संवाददातासँगै राष्ट्र सन्देश अनलाईनका अध्यक्षसमेत रहेका सर्राफ समाजवादी प्रेस संगठनसँग पनि आबद्ध थिए ।