दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २६ माघ । सशस्त्र प्रहरी बल नेपाल, बी. ओ. पी. ड्राई पोर्ट ले आज बिहान करिब ११:१५ बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. २५ को बहुअरी-परवानीपुर सडक खण्ड बाट करिब ३ सय लिटर घरेलु मदिरा पक्राउ गरि नष्ट गरेको छ ।

आज बिहान सशस्त्र प्रहरी सहायक निरीक्षक चाँदसी प्रसाद कुम्हालको कमाण्डमा खटिएको ४ जनाको नियमित गस्ती टोलीले उल्लेखित परिमाणको घरेलू मदिरा बिपरित दिशाबाट आइरहेको मोटरसाइकल बाट बरामद गरि आजै स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहबरमा खाल्डोमा पोखी नष्ट गरिएको छ ।