बेलायतमा रेडिटलाई २६७ करोड जरिवाना

बेलायतले बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै सामाजिक सञ्जाल मञ्च रेडिटमाथि १ करोड ४५ लाख पाउन्ड अर्थात् करिब २६७ करोड नेपाली रुपैयाँ बराबर जरिवाना लगाएको छ । 

नियामक निकायले सार्वजनिक गरेको विवरणअनुसार रेडिटले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको व्यक्तिगत विवरण गैरकानुनी रूपमा सङ्कलन र प्रयोग गरेको पाइएको छ । सूचना आयुक्त जोन एडवर्ड्सले बालबालिकाले नबुझ्ने र नियन्त्रण गर्न नसक्ने विवरण प्रयोग गर्नु अस्वीकार्य भएको टिप्पणी गरेका छन् । उनका अनुसार यस्तो लापरबाहीले बालबालिकालाई हानिकारक सामग्रीको जोखिममा पार्न सक्थ्यो ।

सूचना आयुक्तको कार्यालयका अनुसार रेडिटले १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई अनुमति नदिने दाबी गरे पनि सन् २०२५ को जुलाईअघि उमेर प्रमाणित गर्ने प्रभावकारी व्यवस्था थिएन । त्यसपछि उमेर सोध्न थालिए पनि प्रयोगकर्ताले आफैं उमेर उल्लेख गर्ने प्रणाली मात्र अपनाइएको र यसलाई सजिलै छल्न सकिने निष्कर्ष निकालिएको छ ।

बेलायतमा बालबालिकाको अनलाइन सुरक्षालाई लिएर पछिल्लो समय कडाइ बढाइएको छ । यसअघि तस्बिर आदानप्रदान मञ्च इम्गुरका स्वामित्वकर्तामाथि पनि जरिवाना लगाइएको थियो भने छोटो भिडियो मञ्च टिकटक पनि नियामकको निगरानीमा रहेको छ ।

रेडिटले भने जरिवानाविरुद्ध पुनरावेदन गर्ने तयारी गरिरहेको जनाएको छ । कम्पनीले प्रयोगकर्ताको गोपनीयता र सुरक्षाप्रति प्रतिबद्ध रहेको दाबी गर्दै अत्यधिक व्यक्तिगत विवरण सङ्कलन गर्न दबाब दिनु आफ्ना नीतिविपरीत हुने बताएको छ ।

नियामक निकायले बालबालिकासम्बन्धी विवरणको व्यवस्थापनमा रेडिटमाथि निगरानी जारी राख्ने स्पष्ट पारेको छ ।

  • Related Posts

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग…

    आर्टेमिस- २ मिशन अन्तिम चरणमा, चन्द्रमाको परिक्रमा पछि पृथ्वी फर्किँदै

    अमेरिकी अन्तरिक्ष संस्था नासाले मानव अन्तरिक्ष उडान क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नासाका अनुसार आर्टेमिस- २ मिशन सफल प्रक्षेपणपछि अहिले आफ्नो ऐतिहासिक यात्राको अन्तिम चरणमा पुगेको छ ।…

    पहिलो

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 7 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 20 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    • April 17, 2026
    • 24 views
    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 34 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 27 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार