दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा शनिबार बिहान करिब ०९:३० बजेको समयमा बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना प्रतिवादी लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बैंकिङ कसुर मुद्दामा पर्सा जिल्ला अदालतले ३ दिन कैद तथा रु. २५ लाख जरिवाना तोकिएका प्रतिवादी वारदात पश्चात फरार रहेका पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नं. ०३ हरिहरपुर बस्ने बर्ष ३० को सुजित राउत कुर्मी लाई खोजतलास गरी लुकीछिपी बस्दै आएको अवस्था बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि शनिबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको कुरा सोमबार सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।