ब्राजिलमा भीषण वर्षापछि बाढी र पहिरो, कम्तीमा २५ जनाको मृत्यु

ब्राजिलको दक्षिण- पूर्वी राज्य मिनास गेरैसमा लगातारको भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। सोमबार साँझदेखि सुरु भएको तीव्र वर्षापछि जुइज दे फोरा र उबा शहरमा सबैभन्दा बढी क्षति पुगेको जनाइएको छ ।

अधिकारीहरूका अनुसार जुइज दे फोरामा १८ र उबामा ७ जनाको ज्यान गएको छ । बाढी र पहिरोका कारण धेरै घर तथा भवनहरू भत्किएका छन् भने दर्जनौं व्यक्ति अझै बेपत्ता रहेको र उद्धार कार्य जारी रहेको बताइएको छ ।

राष्ट्रपति लूला दा सिल्वाले जुइज दे फोरामा विपद् अवस्था घोषणा गर्दै मानवीय सहायता र पुनर्निर्माणका लागि संघीय सरकारको पूर्ण सहयोग रहने आश्वासन दिएका छन् ।

जुइज दे फोरामा मात्र करिब ४४० जना विस्थापित भएका छन् । स्थानीय प्रशासनले अस्थायी आश्रयस्थल स्थापना गरी राहत सामग्री उपलब्ध गराउन अपिल गरेको छ। नगर प्रमुखले तीन दिनको शोक घोषणा गरेका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार यस वर्षको फेब्रुअरी महिनामा परेको वर्षा शहरको इतिहासमै सबैभन्दा बढी रहेको छ । राष्ट्रिय मौसम विभागले मिनास गेरैस र रियो दे जेनेरियोसहितका विभिन्न राज्यमा भारी वर्षाको चेतावनी जारी गरेको छ । गत वर्ष रियो ग्रान्दे दो सुल राज्यमा यस्तै विपद्मा करिब २०० जनाको ज्यान गएको थियो ।

  • Related Posts

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

     बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । आगामी दुई वर्षभित्र करिब दुई हजार कर्मचारी हटाइने जनाइएको छ, जसले कुल कर्मचारीको झण्डै १० प्रतिशतलाई…

    अमेरिका-इरानबीच युद्धविरामको समय सकिदै गर्दा सहमतिको प्रयास तिब्र

     अमेरिका र इरानबीच २१ अप्रिलमा समाप्त हुने अस्थायी युद्धविरामअघि महत्वपूर्ण सम्झौताबारे छलफल तीव्र भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार पछिल्ला वार्तामा प्रगति देखिए पनि केही मुख्य विषयमा अझै सहमति बन्न…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 26 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 20 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 22 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 20 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 135 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 19 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ