‘भजन कीर्तन’ ज्येष्ठ नागरिक भुल्ने माध्यम बन्दै

वालिङ (स्याङ्जा) । वालिङ नगरपालिका-८ का तुल्सीराम उपाध्याय उमेरले ९७ वर्ष पुगे । उनी लौरोको सहारामा पतञ्जलि योग पीठ वालिङमा दैनिक भजन कीर्तन गर्न पुग्छन्। घरमा मात्रै बसिरहँदा पट्यार लाग्ने भएकाले घरदेखि पतञ्जलिसम्म पैदल जान र त्यहाँ पुगेर आफूजस्तै अन्य ज्येष्ठ नागरिक सहभागी भएर भजन कीर्तन गर्दा छुट्टै आनन्द मिल्ने गरेको उपाध्याय बताउँछन्।

वालिङका ज्येष्ठ नागरिक स्वतःफूर्तरुपमा पतञ्जलि योग पीठ परिसरको खुला चौरमा दैनिक उपस्थित भई भजन कीर्तन गर्दै आएका छन् । दैनिक साँझ ४ बजेदेखि ६ बजेसम्म ज्येष्ठ महिला पुरुष उपस्थित भएर भजन कीर्तन गर्दै आएका छन् ।

“कतिपय ठाउँमा नागरिक जम्मा भएर एक अर्काको कुरा काट्ने बानी छ, त्यसले मनमा नकारात्मक भाव उत्पन्न गराउँछ”, उनले भने, “सकारात्मक सोचका लागि पनि फुर्सदमा ज्येष्ठ नागरिक एक ठाउँमा भेला भएर भजन कीर्तन गर्न थालेका हौँ ।”

व्यापार गर्ने सिलसिलामा सर्लाहीका जयनारायण महतो विगत १० वर्षदेखि वालिङमा बस्दै आएका छन् । छयानब्बे वर्षीय महतो पनि आफ्नो फुर्सदिलो समय कटाउन दैनिक भजन कीर्तनमा सहभागी हुन्छन्। आफू जस्तै ज्येष्ठ नागरिकसँग भजन कीर्तनमा सहभागी हुन पाउँदा उनी खुसी हुन्छन्।

ज्येष्ठ नागरिक मात्रै सहभागी भएर गरिँदै आएको भजन कीर्तनमा विभिन्न बाजाको प्रयोग गरिन्छ । सीपअनुसारको बाजा बजाउने र अन्यले भजन टुक्का तथा ताली बजार साथ दिन्छन् । वालिङ-८ का ९० वर्षीय टीकाराम पंगेनी नछुटाई भजन कीर्तनमा सहभागी हुन्छन् । फुर्सदिलो समय उनी पनि दैनिक भजन कीर्तनमा सहभागी भएर बुढ्यौलीपनलाई भुल्ने गर्छन्। कसरी समय कटाउने होला भन्ने भएका बेला दुई घण्टाको समय भगवानको नाम जप्दा छुट्टै खुसी मिल्ने गरेको उनको भनाइ छ ।

वालिङ-८ का ८१ वर्षीय विष्णु श्रेष्ठ भजन कीर्तनमा सहभागी भएपछि दुई घण्टाको समय बितेको पत्तै नपाइने बताउँछन् । भजन कीर्तन भुल्ने माध्यम बनेको उनको भनाइ छ । यहाँ गत साउन सङ्क्रान्तिदेखि भजन कीर्तन गर्न थालिएको हो । खुला चौरमा बसेर भजन कीर्तन गर्दै आएका ज्येष्ठ नागरिकलाई लक्षित गरी वालिङमा ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्नुपर्ने स्थानीयको माग छ ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-