दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ११ मंसिर । जिल्ला प्रहरी कार्यालय, पर्साले आज वीरगञ्ज महानगरपालिका वडा नं. ०६ स्थितबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका विभिन्न किसिमका चक्लेटहरु क्रमशः Thank You Chocolate ६४ डिब्बा, Cricket chocolate ५३ डिब्बा, Fresh Milk chocolate २ सय ८८ डिब्बा, Dady Love chocolate २ सय २४ डिब्बा, White Land Chocolate २६ डिब्बा र Cotco chocolate ४८ डिब्बा गरि जम्मा रू. ८८ हजार ४ सय ८० बराबरको बरामद गरी आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।