दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, २६ पुष । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब ०३:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १९, विन्दवासिनी बस्ने नागेश्वर साह कलवारको ज्ञान सागर अंग्रेजी बोर्डिङ स्कुलको खाली तल्लो तल्लाको खाली ब्राण्दामा भंसार छली चोरी पैठारी गरि ल्याइएको पुजाको थान कपडा ५ सय ७६ थानमा १७ हजार २सय ८० मिटर, रेडबुल ४८ पिस, लेडिज नक्कली विभिन्न किसिमका गरगहनाहरू २० के.जी., लेडिज ब्रा १ हजार १ सय ५२ पिस तथा प्लाष्टिकको फुल ७ प्याकेट गरि अन्दाजी मूल्य रू. १६ लाख ६७ हजार ९ सय बराबरको बरामद गरी आवश्यक कारवाहीको लागि बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।