दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार दिउँसो करिब ०१:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १५, गिरिजा चोक स्थितमा भन्सार छली चोरी पैठारी गरी ल्याएका विभिन्न किसिमका सामानहरू आफ्नो नियन्त्रणमा लिएको छ ।

सार्वजनिक भाडाको अटोमा लोड गर्दै गरेको अवस्थामा काजु-१२ डिब्बा १ सय २० के.जी., मैदा-९८ के.जी., चिनी-३२ के.जी., ललिपप चक्लेट-२४ के.जी., तिलौरी पापड-२० के.जी., केराउ-२४ के.जी., Snacker चक्लेट-७ कार्टुन ( ५४ प्याकेट ), सुर्ती-३२ के.जी., सर्ट थान कपडा-१ हजार २० मिटर, पार्दा रेडिमेट-७७ पिस, कुसन कभर-१ सय ५ पिस तथा कुर्ता सुरवाल-१४ पिस त्यहाँ बाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ उल्लेखित मालबस्तुहरू छाडी भागी फरार भएको हुँदा उक्त सामानहरु बरामद गरी अंदाजी मूल्य रू. ५ लाख ८९ हजार ५ हजार ९० मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि सोमबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।