दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २२ मंसिर । तालुक मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर तथा जिल्ला प्रहरी कार्यालय, पर्सा बाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा बुधबार राति करिब ०१:३० बजेको समयमा पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ०२, टिउकी स्थित सडक खण्डमा तस्करहरूले भन्सार छली गँहु तथा सखर भारत बाट नेपाल तर्फ ल्याई बेवारिसे अवस्थामा छोडेको ना. २ त ४०३६ नम्बर सोनालिका ट्याक्टरमा लोड रहेको अंदाजी २ सय ३० क्वीन्टल गहुँ र अर्को टेलरमा अंदाजी ८० क्वीन्टल सखर तथा एउटा खाली टेलर लोड रहेको मालबस्तुहरू सहित ट्याक्टर फेला परेको हुँदा नियन्त्रणमा लिइ टेलर तथा उल्लेखित नम्बरको ट्याक्टरमा लोड रहेको मालबस्तुहरू अंदाजी मूल्य रू. १५ लाख बराबरको मालबस्तुहरू आवश्यक कारवाहीको लागि बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।