दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २२ चैत । वडा प्रहरी कार्यालय, श्रीपुर ले सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मंगलबार वीरगञ्ज महानगरपालिका वडा नं. १३, पावरहाउस चोक बाट विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ ।

बिशेष सुचनाको आधारमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले पावर हाउस स्थित सडक खण्ड बाट अवैध रूपमा भन्सार छली ओसार पसार गरी ल्याएको लत्ता कपडा तथा खाद्यान्न सामाग्रीहरु थुपारी राखेको अवस्था बाट पक्राउ गरी  रू. २ लाख ९ हजार ९ सय ५० बराबरको मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बुधबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा प्रहरी निरीक्षक   आशुतोष शाहीले बताएका छन् ।