दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २१ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी भाडा बर्तन तथा खुद्रा लगायतका सामानहरू बोकेको एउटा माल बाहक ट्रक आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज बाट बुटवलतर्फ जाँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीले शुक्रबार राती करिब ११:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित सडक खण्ड बाट ना. ५ ख ७७२४ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रु. ४२ लाख ९४ हजार २ सय २५ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।