भारतको आन्ध्र प्रदेशमा सडक दुर्घटनामा १४ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेश राज्यको मार्कपुरम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ । रायवरम नजिकै निजी यात्रुवाहक बस र टिपर लरी ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यामहरुले उल्लेख गरेका छन् ।

प्रहरीका अनुसार बस तेलंगानाको निर्मलबाट नेल्लोरतर्फ जाँदै थियो । दुर्घटनापछि बसमा आगलागी हुँदा पूरै बस जलेर नष्ट भएको बताइएको छ ।

दुर्घटनामा परेका केही यात्रु जिउँदै जलेको आशंका गरिएको छ भने घाइतेहरूलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानमा तीव्र ठक्करकै कारण बसमा आगो लागेको देखिएको छ । मृतकहरूको पहिचान गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाप्रति आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले गहिरो दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न र दुर्घटनाको विस्तृत छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्  ।

  • Related Posts

    प्रमुख २० समाचार

    १- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी…

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    काठमाडौँ । अमेरिका आफ्नो स्वतन्त्रताको २५० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले जानकारी दिँदै नयाँ डिजाइनका सीमित संस्करण…

    पहिलो

    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    • April 30, 2026
    • 12 views
    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    सरकारले राष्ट्रपतिलाई कुन कुन अध्यादेश गरेको छ सिफारिश ?

    • April 30, 2026
    • 9 views
    सरकारले राष्ट्रपतिलाई कुन कुन अध्यादेश गरेको छ सिफारिश ?

    आजको मौसम पूर्वानुमान ?

    • April 30, 2026
    • 12 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १७ गते विहिबार: आजको राशिफल

    • April 30, 2026
    • 11 views
    २०८३ बैशाख १७ गते विहिबार: आजको राशिफल
    प्रमुख २० समाचार

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    • April 29, 2026
    • 20 views
    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने