भारतको लोकप्रिय धारावाहिक ‘पवित्र रिश्ता’ की अभिनेत्री प्रियाको मृत्यु

काठमाडौँ । भारतको लोकप्रिय टिभी धारावाहिक ‘पवित्र रिश्ता’ की मराठी अभिनेत्री प्रिया मराठेको मृत्यु भएको छ । रिपोर्टका अनुसार, ३८ बर्षिय अभिनेत्री प्रिया क्यान्सरबाट पीडित थिइन् र उनको मुम्बईको मीरा रोडस्थित आफ्नो घरमा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

हिन्दी र मराठी धारावाहिककी लोकप्रिय अभिनेत्री प्रिया मराठे प्रख्यात अभिनेता सुबोध भावे प्रियाको काकाकी छोरी हुन् । सुबोध भावे र प्रिया मराठेले केही धारावाहिक र मराठी फिल्महरूमा पनि सँगै काम गरेका छन् ।

प्रिया मराठेले जी टिभीको लोकप्रिय सिरियल ‘पवित्र रिश्ता’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्, जसमा उनले अंकिता लोखंडेकी बहिनीको भूमिका निभाएकी थिइन् ।

यस बाहेक प्रिया सरथे ‘उत्तरन’, ‘कसम से’, ‘बडे अच्छे लगते हैं’, ‘साथ निभाना साथिया’ जस्ता हिन्दी टिभी शोमा पनि देखिएकी थिइन् । मराठी सिरियलको कुरा गर्ने हो भने प्रिया मराठेले ‘चार दिन सासुचे’, ‘या सुखानो या’, ‘तू तीथे मे’, ‘लमोस्ट सुफल संपूर्ण’, ‘शतदा प्रेम करावे’, ‘तुझेँ मी गीत गाते आहे’ र ‘असी काशी काशी मे नन्दयाला’ जस्ता कार्यक्रममा पनि फरक–फरक भूमिका निर्वाह गरेकी थिइन् ।

प्रिया मराठेका श्रीमान् शान्तनु मोघे पनि अभिनेता हुन्, दुवैले २०१२ मा विवाह गरेका थिए ।

  • Related Posts

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फेस्टिभलमा भाग…

    विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् । उनले विजयले कम उमेरमै पूर्व अभिनेता…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 173 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 49 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 42 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 38 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 38 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 41 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु