भारतबाट दूध आयातको स्वीकृति नदिन कृषि मन्त्रीसँग अनुरोध

काठमाडौँ । सरकारले भारतबाट दूध आयात खोल्न लागेको खबर सार्वजनिक भएको भन्दै किसानहरूले कृषि मन्त्रीसँग दूध आयात स्वीकृति नदिन अनुरोध गरेका छन् ।

चितवनका दुग्ध किसानहरूले नेपालमा नै दूधको उत्पादन पर्याप्त मात्रामा भएको दाबी गर्दै भारतबाट दूध आयात हुन नदिन अनुरोध गरेका हुन् । कृषि मन्त्री नेपाल नभएको अवस्थामा दूध आयात खोल्न लागेको भन्दै समाचार सार्वजनिक भएपछि उनीहरूले आक्रोश जनाएका थिए ।

चितवनमा मात्रै दैनिक साढे ३ लाख ५० हजार लिटर दूध उत्पादन हुने तथ्यांक रहेको छ । यहाँबाट दैनिक एक लाख ५१ हजार लिटर दूध नेपालकै विभिन्न स्थानमा निर्यात हुने गरेको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले भने, ‘चितवनले मात्रै दूध बिक्रीबाट एक करोड रकम दिनकै भित्र्याउँछौँ । अब दूध उत्पादन बढ्ने समय पनि आइरहेको छ । दूधको आयात बाहिरबाट गर्ने अवस्था आयो भने दुग्ध किसान मर्छन् ।’

उनले किसानको दूधको बक्यौता सरकारले बिस्तारै भुक्तानी दिन थालेकोमा खुसी जनाउँदै दूध आयात रोक्न पनि अनुरोध गरेका थिए । त्यसैगरि नेपाल किसान महासंघ चितवनका अध्यक्ष नीलकण्ठ रिजालले पनि मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै दुग्ध किसानको रकम भुक्तानी र आन्तरिक बजार सुनिश्चित गर्न अनुरोध गरेका थिए ।

दुग्ध किसानसहित अन्य किसानका कुरा सुनेपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले आफूले भारतबाट दूध निर्यात गर्ने भन्ने कुराबारे केही जानकारी नपाएको दाबी गरेका छन् ।

‘मैले पनि पत्रिकामा समाचार देखेर भारतबाट दूध आयात गर्ने भन्ने सुनेको हो’, मन्त्री अधिकारीले किसानहरूका जिज्ञासाको जवाफ दिँदै भने, ‘म हिजो अस्ति बेलुकी रोमबाट आएको हो । हिजो बिहान बिरामी भेट्न गएँ, पशुपति गएँ । त्यसपछि मन्त्रालयको टेबुलमा आएको पत्रिकामा समाचार देखेँ । प्रधानमन्त्रीलाई भेटेँ । उहाँले समाचार कहाँबाट आयो जानकारी छैन भने । यो मुलुकको कृषि मन्त्रीको जिम्मेवारी निभाएको मान्छे म हुँ । मलाई जानकारी छैन । मैले सम्हालेको मन्त्रालयको तर्फबाट त्यो कमजोरी हुँदैन ।’

  • Related Posts

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियो । प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको…

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-