दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २१ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बिहीबार बिहान करिब ०७:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक स्थित सडक खण्ड बाट भन्सार छली चोरी पैठारी गरी १०/१२ जना अपरिचित व्यक्तिहरूले टाउकोमा विभिन्न किसिमका लत्ताकपडाहरू तथा खाद्यान्न लगायतका मालबस्तुहरू वीरगञ्जतर्फ भित्राउदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी भागी फरार भएकोले उक्त मालबस्तुहरू वेवारिसे अवस्थामा फेला पारी अंदाजी मूल्य रू. ५ लाख ९५ हजार ८ सय ३० बराबरको बिभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।