सुमन सुवेदी

काठमाडौँ, ७ असोज । भारद्वाज संस्कृती सम्बर्दन केन्द्रले पहिलो जिल्ला शाखा गोर्खा विस्तार गरेको छ । गोर्खा जिल्ला शाखा दिलिप देवकोटाको अध्यक्षमा ९ सदस्यीय समिति गठन गरिएको छ ।
गठित उक्त समितिमा गोमा बल्छौडी उपाध्यक्ष, राजन काप्री सचिव, सुदीप कैनी सहसचिव,सुलक्ष्मण वाग्ले कोषाध्यक्ष चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा गणेशबहादुर सङ्ग्रौला, सूर्य कँडेल, महेन्द्र पन्त, चोलराज पाण्डे र सल्लाहकारमा उदयराज देवकोटा मनोनित हुनुभएको छ ।
गत शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच उक्त समिति भारद्वाज संस्कृति सम्वद्र्धन केन्द्र, नेपालका केन्द्रीय अध्यक्ष ऋषिप्रसाद सुवेदी, महासचिव बालमुकुन्द देवकोटालगायत अन्य पदाधिकारीहरुको समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।