भोजपुरको आमचोकको १४ सय रोपनीमा चियाखेती

भोजपुर । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भावना बोकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो ।

गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार चार सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटकीय क्षेत्रको रूपमा स्थापित गराउने सोचका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि योजनाबद्ध रूपमा चियाखेती गरिरहेको छ । हालसम्म चियाखेतीका लागि गाउँपालिकाले रु चार करोड ५ं० लाख लगानी गरिसकेको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । उक्त पालिकाका वडा नं १ २, ३ र ६ मा खेती विस्तार थालिएको गाउँपालिका अध्यक्ष राईले बताए। यी वडामा प्रशस्त खाली जमिन छ भने यहाँको प्राकृतिक छटाले पर्यटनको राम्रो सम्भावना बोकेको अध्यक्ष राईले बताए । 

“गाउँपालिकाले योजनाबद्ध रूपमा चियाखेती विस्तार गरिरहेको छ”, अध्यक्ष राईले भने, “यहाँका खाली जमिनको सदुपयोग गर्दै आयस्तरमा सुधारसँगै पर्यटनको विकास गर्ने लक्ष्यले काम गरिरहेका छौँ । हालसम्म करिब एक हजार चार सय रोपनी क्षेत्रमा खेती विस्तार भइसकेको अवस्था छ ।” आमचोक गाउँपालिकाको माथिल्लो भेगमा धेरै खाली चौर रहेकोले त्यहाँ चियाखेतीको राम्रो सम्भावना भएको उनले बताए । गाउँपालिकासँगै स्थानीयलाई पनि निजी खाली जमिनमा चियाखेती विस्तारमा प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिने उनले बताए । “यहाँका खाली निजी जमिनमा पनि खेती विस्तारमा स्थानीयलाई उत्प्रेरित गराउन यो वर्षबाट प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दैछौँ ।”

स्थानीयको जनसहभागिता बढाउँदै व्यवस्थित र प्रणालीगत रूपमा अघि बढाउन आमचोक चिया तथा कफी सहकारी गठन गरिएको अध्यक्ष राईले बताए । गाउँपालिकाले यहाँका स्थानीयको आय स्तरको वर्गीकरण गरेर कमजोर आर्थिक क्षमता भएका स्थानीयलाई शेयरको व्यवस्था गरेको उनले बताए । वर्गीकरणमा ‘घ’ वर्गमा परेका गरिब तथा विपन्न परिवारलाई गाउँपालिकाले रु नौ हजार र स्वयम व्यक्तिले रु एक हजार गरी १० हजार बराबरको शेयर वितरण गरिएको अध्यक्ष राईले बताए । यहाँका अति गरिब विपन्न एक हजार एक सय ६३ परिवारलाई शेयर वितरण गरिएको उनले बताए । 

गाउँपालिकाले ऐन निर्माण गरेर चिया विकास संस्था सञ्चालन गर्ने उनले बताए। यो संस्थाले गाउँपालिकाको मातहतमा रहेर भावी दिनमा  चिया र कफीको क्षेत्रमा बृहत्तर रूपमा थप काम गर्ने उनले बताए । उत्पादित चियाको प्रशोधन गर्नका लागि वडा नं २ मा चिया कारखाना स्थापना भइरहेको प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले बताए। 

गाउँपालिकाको रु ४५ लाख र कोशी प्रदेश सरकारको रु एक करोड लागतमा निर्माण भइरहेको प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ । 

“गाउँपालिका क्षेत्रको चियाखेतीको सम्भावनालाई मूर्तरूप दिन बृहत् रूपमा चियाखेती विस्तारको काम भइरहेको छ”, प्रशासकीय अधिकृत राईले भने, “उत्पादित चियाको प्रशोधनका लागि कारखाना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पछिल्लो समयमा आफ्नै नर्सरी स्थापना गरेर खेती विस्तार भइरहेको छ । यसबाट स्थानीयलाई रोजगारीसमेत प्राप्त भइरहेको अवस्था छ ।”

दीर्घकालीन सोचका साथ चिया विस्तार तथा उत्पादित चियाको बजारीकरणसँगै थप व्यवस्थापन गर्ने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत राईले बताए । चिया नर्सरीमा अर्को सिजनमा रोप्नका लागि करिब पाँच लाख बिरुवा उत्पादन भइरहेको गाउँपालिकाले जनाएको छ । चियासँगै कफी खेतीको विस्तारका लागि समेत काम भइरहेको छ । कफीको नर्सरी स्थापना गरेर विस्तारको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

  • Related Posts

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’…

    आजको मौसम पूर्वानुमान

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली…

    पहिलो

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 49 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    • May 19, 2026
    • 46 views
    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • May 19, 2026
    • 27 views
    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    • May 19, 2026
    • 18 views
    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    आजको मौसम पूर्वानुमान

    • May 19, 2026
    • 25 views
    आजको मौसम पूर्वानुमान

    आजको राशिफल

    • May 19, 2026
    • 18 views
    आजको राशिफल