दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २७ माघ । नेपाल भोपजुरी समाजले वीरगञ्जको सुन्दरमल रामकुमार कन्या माबिमा भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुतले बिध्यार्थीहरुलार्ई प्रशिक्षण दिनु भएको हो । कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुमार मिश्र, बिध्यालयका प्र.अ. अनिता साह, समाजका उपाध्यक्ष रितुराज पटेल, कोषाध्यक्ष अशोक कुश्वाहा, संचारकर्मी संजय गुप्ता, राज कुमार सर्राफ, त्रिलोकी पटेल, दिनेश मिश्रको पनि सहभागीता रहेको थियो ।

समाजले प्रत्येक साताको शुक्रबार हरेका सामुदायिक बिध्यालयमा गई सचेतना अभियान संचालन गर्ने गरेको छ, भने यो दोस्रो अंक रहेको सल्लाहकार मनोज कुमार मिश्राले बताएका छन् ।