
दीपेन्द्र प्रजापति/कालो झोला ।
काठमाडौं, २१ जेष्ठ । मधेस प्रदेशका चार जना पत्रकार अन्तरास्ट्रिय अवार्डबाट सम्मानित भएका छन ।
रास्ट्रिय नेवार पत्रकार मंचले काठमाण्डौ मा आयोजना गरेको प्रथम अन्तरास्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा सार्क अन्तर्गत रहेका भारत, भुटान, बङ्गलादेश र नेपालका पत्रकारहरूलाई अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरेको हो ।

यसै क्रममा मधेस प्रदेशका चार जना पत्रकारहरुलाई पनि अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ ।

पर्सा जिल्ला बाट बीरगंज टेलिभिजन का संचालक महमद सदाब, यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख दीपेन्द्र प्रजापति, बारा जिल्ला बाट चर्चित पत्रकार एवं माई टेलिभिजन का भंडाफोर कार्यक्रम का प्रस्तोता उमेश दुबे तथा आरोही टेलिभिजन का रौतहट संवाददाता पुजा जयसवाललाई अन्तरास्ट्रिय अवार्ड बाट सम्मानित गरिएको छ ।

यसै गरी उक्त कार्यक्रममा उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, भक्तपुर उपमहानगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।