मन्त्रिपरिषद्को आकस्मिक बैठकले के के निर्णय गर्यो ?

मन्त्रिपरिषद्को आकस्मिक बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट विनियोजन हुने ८५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेको छ।

बैठकले जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्र ललितपुर महानगरपालिका वडा नं ३ पुलचोकबाट गोदावरी नगरपालिका ३ मा स्थानान्तरण गर्ने निर्णय, भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सरकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरूको राजिनामा स्वीकृत गर्ने, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत

नागढुङ्गा सुरुङ मार्ग र पासाङ ल्हामु राजमार्गका निजी जग्गा अधिग्रहण स्वीकृत गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले जानकारी दिएकी छन् ।

त्यस्तै बैठकले वन तथा वातावरण मन्त्रालय अन्तर्गत काठमाडौं-मधेश द्रुतमार्ग निर्माणका लागि ४६.३९ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको र उक्त क्षेत्रमा रहेका १८९८ वटा पोल हटाउन स्वीकृत गरिएको छ ।

साथै, बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय भएको छ । अर्थ मन्त्रालय अन्तर्गत पेट्रोल, डिजेल र मट्टितेलमा भन्सार महसुल र पूर्वधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ ।

बैठकले पेट्रोलियम पदार्थको आपूर्ति असहजताका कारण जोर-बिजोर प्रणाली लागू गर्ने सम्भावना उल्लेख गर्दै, जनतालाई ‘वर्क फ्रम् होम’ अपनाउन र विद्युतीय साधनको प्रयोग बढाउन आग्रह गरेको छ ।

  • Related Posts

    सरकारले थप अर्को अध्यादेश राष्ट्रपति कार्यालय पठायो

    काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न नयाँ अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ ।  नयाँ अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । हालसम्म राष्ट्रपति रामचन्द्र…

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले…

    पहिलो

    मेडिकल काउन्सिलले थप १९ चिकित्सकको खारेज गर्यो लाइसेन्स

    • May 2, 2026
    • 2 views
    मेडिकल काउन्सिलले थप १९ चिकित्सकको खारेज गर्यो लाइसेन्स

    दिल्ली क्यापिटल्स ७ विकेटले विजयी

    • May 2, 2026
    • 4 views
    दिल्ली क्यापिटल्स ७ विकेटले विजयी

    सरकारले थप अर्को अध्यादेश राष्ट्रपति कार्यालय पठायो

    • May 2, 2026
    • 4 views
    सरकारले थप अर्को अध्यादेश राष्ट्रपति कार्यालय पठायो

    आजको मौसम

    • May 2, 2026
    • 2 views
    आजको मौसम

    आजको राशिफल

    • May 2, 2026
    • 0 views
    आजको राशिफल

    बल्खु, बंशीघाट र शंखमूल क्षेत्रका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा

    • May 2, 2026
    • 3 views
    बल्खु, बंशीघाट र शंखमूल क्षेत्रका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा