मेडिकल काउन्सिलले थप १९ चिकित्सकको खारेज गर्यो लाइसेन्स

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ ।

काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिएका हुन् ।

यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १७ जनाको लाइसेन्स खारेज गरेको थियो । 

नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार  नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १९ जना चिकित्सकको काउन्सिलको दर्ता किताबबाट नाम दर्ता खारेज गर्ने निर्णय गरिएको हो । लाइसेन्स खारेज गरिएका चिकित्सकहरुमा नेपाली नागरिकता त्यागेर ब्रिटिस, क्यानेडियन, अमेरिकन, न्युजिल्यान्ड, जर्मन, अष्ट्रेलियन र भारतीय नागरिकता  लिएका रहेका छन् ।

जस अनुसार डा सुमिन्द्रा पुन, डा शैलेशकुमार जयसवाल, डा भूपेश खड्का, डा आरती रानाभाट, डा रमेशराज पहारी, डा सञ्जोक घले, डा ऋषिराज बराल, डा प्रभु पाण्डे, डा तृप्ती महर्जन, डा सृजना श्रेष्ठ, डा सुनिता विष्ट, डा दीपा मल्ल, डा सौरब जिसी, डा.जेनिसा श्रेष्ठ, डा प्रभास रेग्मी, डा दिपीका ज्ञवाली, डा हेमु चौरसिया, डा समीक्षा शर्मा र डा मनोरमा पाण्डे रहेका छन् ।

  • Related Posts

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ०३ असार । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय, पर्सा तथा मातहतका इकाईहरु द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामान लगायत सवारी साधनहरु…

    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ०२ असार: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले जुन १६, २०२६ मा चितवन जिल्लाको भरतपुरमा रहेको नारायणी नदीको किनारमा विशेष योग कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रमको प्रमुख…

    पहिलो

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    • June 16, 2026
    • 40 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

    • June 16, 2026
    • 38 views
    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा सहित पिकअप तथा दुई जना मानिस नियन्त्रण-

    • June 16, 2026
    • 54 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा सहित पिकअप तथा दुई जना मानिस नियन्त्रण-

    वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए तलब, कार्यबाहक नगरप्रमुख आलमको पहलमा निकासा सुरु-

    • June 16, 2026
    • 49 views
    वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए तलब, कार्यबाहक नगरप्रमुख आलमको पहलमा निकासा सुरु-

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 62 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 114 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-