महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज , ०९ जेष्ठ । “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने मूल नाराका साथ वीरगंजमा ४५ दिने ह्याण्ड इम्ब्रोडरी सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत महानगरपालिकाको आयोजनामा वडा नं. ३० लालपर्सामा तालिम संचालन भएको थियो ।

कार्यक्रम विशेषगरी स्थानीय महिलाहरूलाई लक्षित गरी स्वरोजगार, सिप विकास र आर्थिक सशक्तीकरणको उद्देश्यले सञ्चालन गरिएको थियो। शुक्रबार आयोजित तालिम समापन समारोहमा प्रमुख अतिथि वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमको प्रभावकारिताबारे उल्लेख गरे। उनले भने, “महिला दिदीबहिनीहरूलाई सशक्त बनाउने हाम्रो लक्ष्य हो। यस्ता सिपमूलक तालिमहरूले उनीहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउँछ। ह्याण्ड इम्ब्रोडरी जस्तो सिपले घरमै बसेर आम्दानी गर्न सकिने सम्भावना उच्च छ ।

”त्यसैगरी, महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले पनि कार्यक्रमको प्रशंसा गर्दै स्थानीय तहबाट सञ्चालित यस्ता सिप विकास कार्यक्रमहरू सामाजिक रुपान्तरणको माध्यम बन्न सक्ने बताए। “सिप सिकेर महिलाहरू आत्मनिर्भर बन्ने मात्र होइन, आफ्नो सीप अरूलाई पनि सिकाउने क्षमता राख्न थाल्नेछन्,” कर्णले भने, “ह्याण्ड इम्ब्रोडरीले घरेलु उत्पादनको माध्यमबाट स्वरोजगारको सम्भावना खोल्नेछ।”तालिममा सहभागी महिलाहरूले ह्याण्ड इम्ब्रोडरी सम्बन्धी विविध डिजाइन, कपडामा कलात्मक कढाई गर्ने सीप, र बजारमा कसरी आफै उत्पादन बेच्ने भन्ने विषयमा प्रशिक्षण लिएका थिए ।

उनीहरूले तालिमले आफूहरूमा आत्मविश्वास र सीप दुवै अभिवृद्धि गरेको प्रतिक्रिया दिएका छन्।महानगरपालिकाले यस्ता सिपमूलक कार्यक्रमलाई नगरका अन्य वडाहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ। कार्यक्रमको माध्यमबाट महिलाहरूले साना उद्यम स्थापना गरी आफ्नो आर्थिक हैसियत उकास्न सक्ने अपेक्षा गरिएको छ।समापन कार्यक्रममा वडा नं. ३० का वडाध्यक्ष मनोज यादव, महानगरपालिकाका आर्थिक विकाश महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, महानगर प्रमुखका राजनीतिक सल्लाहकार उमेशलाल सहनी लगायतको सहभागिता रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 178 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 50 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 45 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 41 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 42 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 42 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु