वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०९ जेष्ठ । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्रका खाद्य उद्योगहरूमा निगरानी बढाउँदै बेकरी उद्योगहरूको निरीक्षण थालेको छ। शुक्रबार वीरगंज महानगरपालिकाको खाद्य प्रविधी तथा गुण नियन्त्रण र वातावरण शाखाबाट खटिएको टोलीले वीरगंजको रानीघाट क्षेत्रमा रहेका बेकरी उद्योगहरूको निरीक्षण गरेको हो ।

निरीक्षण टोलीले रानीघाटस्थित शीला बेकरी र गीता बेकरीको स्थलगत अवलोकन गर्दै उत्पादन प्रक्रिया, सरसफाइ अवस्था, कच्चा पदार्थको भण्डारण तथा प्याकेजिङ प्रणालीको अध्ययन गरेको थियो।निरीक्षणमा सरिक वातावरण शाखा प्रमुख प्रकाश ऐरका अनुसार दुवै बेकरीमा उत्पादन स्थलको सरसफाइ सन्तोषजनक नभएको पाइएको छ। “बेकरीमा उत्पादन गर्ने स्थानहरू फोहोर थिए, उपकरणहरू पनि राम्रोसँग सफा गरिएको थिएन,” ऐरले बताए, “स्वच्छता अभावले खाद्य सामग्रीमा प्रतिकूल असर पार्ने र उपभोक्ताको स्वास्थ्यमा जोखिम हुने सम्भावना हुन्छ।”उनका अनुसार उत्पादन स्थलमा देखिएको सरसफाइको लापरवाहीलाई गम्भीरतापूर्वक लिइएको छ र सम्बन्धित उद्योगहरूलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ।

यद्यपि निरीक्षणका क्रममा म्याद समाप्त भएका कुनै पनि सामग्री भने फेला परेका छैनन्।टोलीले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, तयार पारिएका सामग्री, प्याकेजिङ प्रणाली, भण्डारणको तरिका र सम्पूर्ण कार्यस्थलको सरसफाइ अवस्था जाँच गरेको थियो। निरीक्षणपछि दुबै उद्योगलाई खाद्य सुरक्षा तथा सरसफाइसम्बन्धी मापदण्डको पूर्ण पालना गर्न लिखित रूपमा निर्देशन दिइएको छ।

यो अनुगमन वीरगंज महानगर प्रमुख राजेशमान सिंहको विशेष निर्देशनमा सञ्चालित बजार अनुगमन तथा खाद्य सुरक्षा अभियानअन्तर्गत गरिएको हो। प्रमुख सिंहले महानगरभित्र सञ्चालित खाद्य व्यवसायहरूलाई व्यवस्थित गर्दै उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउने महानगरको प्राथमिकता रहेको बताए।”हामी उपभोक्ताको स्वास्थ्यसँग कुनै सम्झौता गर्न सक्दैनौं,” उनले भने, “स्वास्थ्यविपरीत खाद्य वस्तु उत्पादन वा बिक्री वितरण गर्ने व्यवसायहरूलाई चेतावनी दिइनेछ र आवश्यक परेमा कानुनी कारबाही पनि गरिनेछ।”उपभोक्तालाई सुरक्षित खाद्य अधिकार सुनिश्चित गर्न महानगरले नियमित अनुगमनलाई निरन्तरता दिने छ।

  • Bishnu Timalsina

    Related Posts

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) ले नेपाल कै पहिलो प्रवेश द्वारको रूपमा चिनिने पर्सा जिल्लाको मुटु मानिने वीरगंजको शंकराचार्य गेटमा १२ औं…

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ०७ असार । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमसँग वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूको सौहार्दपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…

    पहिलो

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 79 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 80 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 83 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 108 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 93 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    • June 18, 2026
    • 96 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-