माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०१ फागुन । पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकामा गत कात्तिक ०५ गते देखि बिभिन्न मांग राखि नगर प्रमुख लाई बुझाएको ज्ञापन पत्रमा कुनै सुनवाई न भएकोमा बिहीबार नगरपालिका आगाडी मांग राखि एक घन्टा बिरोधको कार्यक्रम गरीयो र जब सम्म हाम्रो मांग पुरा हुदैन संघर्ष तथा भण्डाफोरको कार्यक्रम जारी रहने कुरा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानीले बताएका छन् ।

यसै गरि पोखरीया नगरपालिका संग गरिएको मागहरू यस प्रकार रहेको छ, हालमा बढाईएको सम्पत्ति कर फिर्ता गर्नु पर्ने, कर्मचारीहरूलाई समयमा तलब दिनु पर्ने, नगरपालिका भित्र भईरहेको ठगी धन्दा बन्द गर्नु पर्ने, निर्माण कार्य सम्पन्न गरेकालाई भुक्तानी दिनु पर्ने, नगर बिस्तारमा जग्गा धनी तथा खरिद कर्ताको जग्गा दिनु पर्ने, स्वास्थ्य बिमा गराएकाहरूलाई औषधि उपलब्ध गराउनु पर्ने, यस नगरपालिकाबाट मधेश आन्दोलनको क्रममा शहीद भएका बिरबल मुखिया बिन तथा शहीद चंदन पटेलको नाममा शहीद पार्क निर्माण गर्नु पर्ने माँग सम्बोधन नभए सम्म आन्दोलन जारी रहने कुरा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानीले बताएका छन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय सदस्य नेजामुद्दीन शामानीको नेतृत्वमा भएको कार्यक्रममा जिल्ला संयोजक राजेश साह, युवा नेता दिव्या प्रकाश चतुर्वेदी, मनोज साह कानु, जगन चौहान लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    दीपेन्द्र प्रजापति / कालो झोला । वीरगन्ज, ०९ असार । बीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको…

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज…

    पहिलो

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 32 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 49 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 116 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 156 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 95 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 142 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-