मुस्लिम कैदीबन्दीहरुलाई इफ्तारी गर्न मेयर सिंह द्वारा खाद्यान्न सामग्री सहयोग-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २५ फागुन । वीरगंज कारागारमा रहेका मुस्लिम कैदीबन्दीहरुलाई रमजानमा साँझको इफ्तारी गर्न वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खाद्य सामग्री उपलब्ध गराउनुभएको छ ।कारागारमा रहेका करिब २ सय मुस्लिम कैदीबन्दीहरुलाई पुग्ने सामग्री उहाँले व्यक्तिगत रूपमा उपलब्ध गराउनुभएको हो ।

महानगर प्रमुख सिंहले पठाउनु भएको सामग्री कारागारका निमित्त प्रमुख रुपक मण्डललाई हस्तान्तरण गरिएको प्रमुख सिंहका स्वकीय सचिव अफरोज आलमले जानकारी दिनुभयो ।इफ्तारीका लागि आवश्यक पर्ने चिउरा, भुजा, मिठा, तेल, चना, रुवाब्जा तथा अन्य खाद्य सामग्री उपलब्ध गराइएको आलमले जानकारी दिनुभयो ।मुस्लिम समुदायको महत्वपूर्ण चाड रमजान अहिले चलिरहेको छ ।

एक महिनासम्म चल्ने रमजानका बेला मुस्लिम समुदाय दिन भरी पानी समेत नखाई निराहार बस्ने परम्परा छ । साँझ भने इफ्तारी गर्ने गर्छन् । कारागारमा कैदी जीवन बिताइरहेकाहरूलाई इफ्तारी गर्न खाद्य सामग्रीको अभाव नहोस् भनेर महानगर प्रमुख सिंहले व्यक्तिगत रूपमा सहयोग उपलब्ध गराउनुभएको हो ।खाद्य सामग्री हस्तान्तरण गर्न खैरुद्धिन हवारी, भुषाल चौरसिया, अली हसन, हफिज मियाँ, सर्फुद्दिन मियाँ, सलाउद्दिन मियाँ लगायतको टोली कारागार पुगेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अप्ठेरो परिस्थितिमा समेत फोटो पत्रकारहरूले निष्पक्ष ढङ्गले सत्य उजागर गर्ने कार्य…

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    दीपेन्द्र प्रजापति/कालो झोला । बिरगंज, १३ बैशाख । बिरगंज महानगरपालिका वडा नं. २ मा सामुदायिक सेवा केन्द्र छपकैया द्वारा आयोजित तथा बिरगंज सामुदायिक आँखा अस्पतालको प्राबिधिकको सहयोगमा निशुल्क आँखा शिबिरमा…

    पहिलो

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 5 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 17 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 20 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    • April 23, 2025
    • 41 views
    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    • April 21, 2025
    • 30 views
    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-

    • April 21, 2025
    • 43 views
    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-