मृत्यु प्रमाणपत्र बनाएर जग्गा बिक्री

घटनामा एमालेबाट निर्वाचित वडा अध्यक्ष कुमार पोखरेल र तत्कालीन सचिव सूर्यबहादुर थापालगायत १० जना संलग्न रहेको भेटिएको छ भने पोखरेल अहिले दोस्रो कार्यकालको जिम्मेवारी सम्हालिरहेका छन् ।

जीवित व्यक्तिलाई मरेको भनेर प्रमाणपत्र जारी गरी जग्गा बिक्री गरेको विषय अहिले मोरङ जिल्ला अदालतमा पुगेको छ । केदारबहादुर बस्नेतले जिल्ला अदालतमा दिएको ‘जालसाज’ फिरादपत्रमा आफ्नै दाजु भरतबहादुर बस्नेतको योजनामा जग्गाको हकभोग एकलौटी गर्नका लागि वडासँगको मिलेमतोमा आफूलाई मरेको भनेर सिफारिस गरिएको उल्लेख गरेका छन् ।
सो घटनामा भरतबहादुर बस्नेतसहित विराटनगर महानगरपालिका वडा नं २ वडा अध्यक्ष कुमार पोखरेल, पूर्वसचिव सुर्यबहादुर थापा, विराटनगर २ कै शान्त पौडेल, भवानी प्रसाद सापकोटा, इन्द्र बहादुर परियार, सन्तोष कुमार महत, तीर्थराज मिश्र, दिपक प्रधान र मेनका बस्नेत ९अधिकारी० संलग्न रहेको फिरादपत्र निवेदनमा उल्लेख छ ।निवेदक बस्नेतका बुबा पहलमान बस्नेतका तीन जना श्रीमती– जेठी मायादेवी, माइली विष्णु कुमारी र कान्छी उमादेवी बस्नेत थिए । निवेदक बस्नेत कान्छी उमादेवीका जेठा छोरा हुन् । प्रतिवादी उनका दाजु भरतबहादुर बस्नेत पहलमानकी माइली पत्नी विष्णुकुमारीका जेठा छोरा हुन्, विष्णुकुमारीतर्फकै अर्का छोरा नवराज हुन् ।जेठी पत्नी मायादेवीकातर्फबाट भने चार जना छोरी हर्कमाया, डम्बर कुमारी, भगवती र कुसुम थिए । उनका छोरा भएनन् । कान्छी उमादेवीतर्फका केदार र पर्शुराम बस्नेत छोरा हुन् । पर्शुरामको २०६८ साल फागुन १३ गते मृत्यु भयो ।
जेठी मायादेवीलाई भने उनकै विवाहित साइली छोरी भगवतीले लालन, पालन, रेखदेख गर्दै आएकी थिइन् । मायादेवीको २०४५ भदौ १५ गते मृत्यु भयो । उनको काज किरिया पनि उनै भगवतीले गरेको निवेदक बस्नेतको दाबी छ । निवेदक केदार बस्नेत नेपाल प्रहरीमा जागिर खान्थे । उनी ६४ सालमा प्रहरी निरीक्षक ९इन्स्पेक्टर०बाट सेवा निवृत्त भएका हुन् ।
जेठी मायादेवीका नाममा सुनसरीको हाँसपोसा गाविस ८ ९ग० को कित्ता नम्बर १५६ को तीन कट्ठा २ धुर र कित्ता नम्बर १५७ को धुर गरी ३ कट्ठा ८ धुर जग्गा थियो । सोही जग्गा एकलौटी खानकै लागि भरतबहादुर बस्नेतले केदारलाई मृत्यु भएको भनेर सर्जिमिन गराएका हुन् ।
‘मेरो भाइ पर्शुराम बस्नेतको २०६७र८र१३ मा परलोक भएकोमा निजको समेत मिति २०५८र८र१४ मा नै मृत्यु भइसकेको भनी सर्जिमिन गरेर जग्गा आफ्नो नाममा ल्याएर अर्कैलाई बेचिसकेपछि मैले थाहा पाएँ,’ केदार बस्नेतले भने, ‘मेरो आमाको नाम पनि उमादेवी बस्नेत रहेकोमा ज्ञानकुमारी बस्नेत भनेर सम्पूर्ण झुटा एवं गलत विवरण उल्लेख गरेको पाइएपछि मैले अदालतमा मुद्दा हालेको हुँ ।’

महानगरपालिकाको २ नम्बर वडा कार्यालयले २०७५ असोज १७ गते त्यस्तो व्यहोराको सर्जमिन मुचुल्का गरेको पाइएको छ । ‘वडा अध्यक्ष कुमार पोखरेल र तत्कालीन वडा सचिव ९हाल सेवा निवृत्त० सूर्य बहादुर थापा समेतले म फिरादी र मेरो भाइलाई मृत घोषणा गरेको अन्य विपक्षीहरूलाई रोहबरमा राखी सर्जमिन मुचुल्का गराएको सोही जालसाजी सर्जमिन मुचुल्काको आधारमा सिफारिस गरी गराई सोही सिफारिसको आधारमा जेठीआमा मायादेवी बस्नेतका नामका जग्गा भरत बहादुर बस्नेतका नाममा नामसारी दाखिला गर्ने जालसाजपूर्ण कार्य गरी भएको रहेछ,’ फिरादपत्रमा केदारले उल्लेख गरेका छन् ।

फिरादपत्रमा भनिएको छ, ‘म फिरादी केदार बस्नेतलाई मृत्यु भइसकेको भनि मिति २०७५ असोज १७ मा सिफारिस गर्दा सिफारिस व्यहोरामा कान्छी आमाबाट जन्मेका छोराहरू केदार बहादुर बस्नेत र पर्शुराम बस्नेतको मिति २०५८र८र१४ गते मृत्यु भएको भन्ने व्यहोरा उल्लेख छ ।’

आफ्नो भाइ पर्शुरामको पनि २०६७ मंसिर १३ गते मृत्यु भएको विषयलाई समेत २०५८ मंसिर १४ गते उल्लेख गरिएको केदारले बताए । केदारले वडाध्यक्ष पोखरेलसहित सर्जिमिन मुचुल्कामा सही छाप गर्ने १० जनालाई विपक्षी बनाएका छन् । ‘वडाध्यक्ष कुमार पोखरेलले सर्जमिन गर्दा र जग्गा नामसारी दाखा गर्न सिफारिस गर्दा एक–आपसमा मिलेमतो गरेर मलाई मृत्यु भएको हो होइन भन्ने विषय समेत कसैले बुझ्न आवश्यक ठानेको देखिएन,’ बस्नेतले भने, ‘म नेपाल प्रहरीमा कार्यरत रहेको भन्ने कुरा सबै दायाँबायाँ छरछिमेक नातागोता ईष्टमित्रलाई थाहा जानकारी थियो । त्यस्तो अवस्था बुझ्नै नलागी म जीवित व्यक्तिलाई मृत्यु भएको भनेर हुँदै नभएको व्यहोरा हो भनेर झुटा सिफारिस गरेको देखियो,’ उनले फिरादपत्रमा भनेका छन् ।

सर्जिमिन मुचुल्कापछि वडा कार्यालयले २०७५ असोज १९ गते नै मालपोत कार्यालय सुनसरी इनरुवालाई सिफारिस गरेको थियो । उक्त घटना आफूले २०८२ जेठ ११ गतेमात्रै थाहा पाएको केदारले बताएका छन् । उनले विपक्षीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा २७९ को उपदफा ९३० बमोजिम हदैसम्मको कैद र जरिवाना दुवै सजायको माग गरेका छन् ।

भरतबहादुरले भने २०७५ असोज ११ गते वडा कार्यालयमा सर्जमिन सिफारिस गरिपाउँ भन्ने निवेदन पेस गरेका थिए । उक्त निवेदनमा पनि केदार बस्नेत र पर्शुराम बस्नेतको मृत्यु भइसकेको उल्लेख गरेका छन् । निवेदनमा उनले केदार र पर्शुरामहरूको मृत्यु भइसकेको र अंश लिइ छुट्टी सकेको दाबी गरेका छन् । सोही निवेदनका आधारमा वडा कार्यालयले २०७५ असोज १७ गते सर्जिमिन गरिदिएको हो । जसमा वडासचिव थापाले काम तामेल गरेका छन् भने वडाध्यक्ष पोखरेलले असोज १९ गते रोहबरमा हस्ताक्षर गरेका छन् ।

वडाध्यक्ष पोखरेलले भने सर्जिमिनमा हस्ताक्षर गरेको कारण परेको व्यहोर्नुपर्ने प्रतिक्रिया दिए । ‘हस्ताक्षर गरेको हो । सचिवले बनाएर ल्याएपछि मैले गर्नै पर्थ्यो । तर, त्यहाँ गल्ती भएको देखियो । सर्जिमिनमा सानो त्रुटिमात्रै भएको हो उनले भने ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 63 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल