मेयर सिंहको पटक पटकको प्रयास पछि डुबान क्षेत्रको पानी निकासीको काम शुरु-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०१ कार्तिक । विवादका कारण बिगत १९ दिनदेखि डुबानमा परेको वीरगंजको सुगौली विर्ता, हरपतगंज तथा बहुअरीको पानी निकासको काम आज बाट सुरु भएको छ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पटक पटकको प्रयास पछि आज बाट पानी निकासको काम सुरु भएको हो ।

बिहीबार बिहान महानगर प्रमुख सिंह सहित पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख कुमोध ढुंगेल तथा सशस्त्र प्रहरीका प्रमुख राधेश्याम धिताल लगायतको टोलीले पानी निकासका लागि स्थलगत अनुगन गरेको थियो । त्यस क्षेत्रको पानी निकासका लागि पहिले देखि नै रहेको बन्द ह्युमपाइप खुलाउने र पुरिएर रहेको पहिलेको नहर पुनः चालु गराउने निष्कर्ष सहित महानगरपालिकाले दिउँसो बाट ३ वटा जेसीबी पठाएर पानी निकासको काम सुरु गरेको हो ।

दुई दिन भित्रमा सबै पानी निकास भइसक्ने गरी बन्द रहेको ह्युमपाइप र नहर खोल्न जेसिबीले खन्ने काम गरिरहेको महानगर प्रमुख सिंहले जानकारी दिए । दुई दिन सम्म परेको अविरल वर्षाका कारण वीरगंज महानगरपालिकाको वडा नं. २०, २४ र २६ को अधिकांस क्षेत्र डुबानमा परेको थियो । तीनवटै वडाको पानीको निकास वडा नम्बर १७ अलौँ स्थित आईसीपी चोक बाट हुने गरेको थियो ।

पहिले देखि बर्षाको पानी सो स्थानमा राखिएका दुई वटा ह्युमपाइप बाट निकास हुँदै आएकोमा यस पटक ह्युमपाइप जाम भएकाले सुगौली विर्ता, हरपतगन्ज र बहुअरी डुबानमा परेको थियो । गत असोज ११ र १२ मा परेको वर्षाको पानी १९ दिनसम्म निकास नपाउँदा त्यहाँ लगाइएको ५० औँ विघा भन्दा बढी धान बाली नष्ट हुने अवस्थामा पुगेको थियो ।

लामो समयदेखि पानी जम्दा उक्त वडामा दुर्गन्ध फैलिनुका साथै लामखुट्टेको बिगबिगी बढेको छ । केही दिन यही अवस्था कायम रहे डेंगी, इन्सेफ्लाइटिस तथा पानीजन्य रोगको संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् । विगतमा नहरको क्यानल र दुईवटा ह्युमपाइप बाट खेतको पानीलाई निकास दिने गरेकामा अहिले क्यानल पुरेर पक्की सडक निर्माण गर्नुका साथै र ह्युमपाइप जाम भएकाले वीरगन्ज वडा नम्बर २६ सुगौली विर्ता, वडा २० हरपतगन्ज र वडा २४ बहुअरीको पानीले निकास पाउन सकेको थिएन ।

गत असोज १८ मा जेसीबी द्वारा ह्युमपाइपको जाम हटाएर पानीको निकास गराइएको थियो । तर, साँझ वडा नं. १७ स्थित अलौँ वासीले अर्को वडाबाट आएको पानीले आफ्नो घर र खेत डुबानमा पारेको भन्दै ह्युमपाइप पुरिदिँदै पानी निकास ठप्प पारेका थिए । नगर प्रहरीको सहयोगमा वडा सदस्य आमोद यादवलगायतको टोलीले पुनः ह्युमपाइपको जाम खोल्न खोज्दा विवाद भएको थियो ।

अलौँ निवासी सुदर्शन लामिछानेले वडा सदस्य यादवलाई दुव्र्यहार गरेपछि कुटाकुट समेत भएको थियो ।तीन वटै वडाका स्थानीयको गुनासो आए पछि गत असोज २१ मा महानगर प्रमुख राजेशमान सिंह महानगरको प्राविधिक र नगर प्रहरी सहितको टोली लिएर निरीक्षणमा जाँदा समेत विवाद भएको थियो ।

  • Related Posts

    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म, अलौ ले आज लाखौं मूल्य बराबरको विभिन्न किसिमका लता कपडा सहित एउटा मोटरसाइकल पक्राउ…

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २९ बैशाख । वीरगंज महानगरपालिकाले सार्वजनिक स्थानहरूमा वर्षौंदेखि जथाभावी रूपमा थन्काइएका बेवारिसे सवारी साधन तथा संरचनाहरू हटाउने अभियानलाई थप तीव्र बनाएको छ । सडक, फुटपाथ…

    पहिलो

    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    • May 13, 2025
    • 9 views
    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    • May 12, 2025
    • 22 views
    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    • May 10, 2025
    • 33 views
    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    • May 8, 2025
    • 49 views
    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    • May 7, 2025
    • 36 views
    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-

    • May 7, 2025
    • 37 views
    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-