दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १३ माघ । मेरो सहकर्मी, अग्रज, मार्ग दर्शक, आदरणीय दाई वरिष्ठ पत्रकार सुदर्शन आचार्यलाई पितृशोक परेको छ ।

हाल रातोपाटी डटकममा वरिष्ठ उप सम्पादक मा रहेर काम गरिरहनु भएका आचार्यका बुबा ऋषिराम आचार्यको बिहीबार विहान निधन भएको हो ।

रक्तचाप र मधुमेहका बिरामी ७२ वर्षीय आचार्यको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा निधन भएको हो ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ०९ स्थायी निवासी स्वर्गीय आचार्यको श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ । आचार्यको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ, भने उहाँको किरियाकर्म लालबन्दी मै भइरहेको परिवारिक स्रोतले जनाएको छ ।

कालो झोला परिवार आचार्यको निधनप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछ ।