विष्णुप्रसाद तिमल्सिना
काठमाडौँ, २०८० भदौ ९ गते शनिबार । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व राज्यको मात्र नभई स्थानीयबासीहरूको समेत उत्तिकै दायित्व रहने बागमती प्रदेश सभा सदस्य माननीय श्रीराम लामिछानेले बताउनुभयो । पछिल्लो समयमा राजधानीका विभिन्न क्षेत्रका सार्वजनिक जग्गाहरू अतिक्रमित हुँदै भूमाफियाहरूले गुठीमा दर्ता गरी व्यक्ति विशेषको नाममा समेत दर्ता गरेका अनेकौँ उजुरीहरू पर्न थालेकाले त्यसप्रति सजक रहँदै सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीयबासीहरू क्रियाशिल भैरहेकोमा मुग्धकण्ठले प्रशंशा गर्नुभयो ।


मैजुकुमारी सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास समाजले आयोजना गरेको ११औँ वार्षिक साधारण सभाको अवसरमा माननीय लामिछानेले उक्त कुरा बताउनुभएको हो ।


काठमाडौँ महानगरपालिका प्रमुख मेयर बालेन साहको प्रशंसा गर्दै सार्वजनिक जग्गाहरू खोजबिन गरी संरक्षण गर्ने कार्यमा ऐक्यवद्धता जनाउँदै हामीले समेत सोअनुरुप कार्य गरिरहेको काठमाडौँ महानगरपालिका वडा नं।–७ का वडा अध्यक्ष विमलकुमार होडाले धारणा व्यक्त गर्नुभयो ।

चावहिल क्षेत्रमा विभिन्न धार्मिक, पुरातात्विक महत्वका स्थलहरू रहेकाले सोको संरक्षण एवं जगेर्ना गर्ने कार्यमा वडालाई टोलीबासीको हैसियतले सदैव सहयोग गरिँदै आएको गौरीनगर सुधार समिति गौरीनगरका अध्यक्ष सूर्यबहादुर श्रेष्ठले बताउनु भयो ।
सामाजिक महत्वका कार्यलाई विना भेदभाव रुपमा विगतदेखि नै सामुदायिक सेवा केन्द्र चावहिलले गर्दै आएको बताउँदै शान्ति, सुरक्षा र स्थानीयस्तरका विवाद समाधानका कार्यमा सेवा केन्द्रले उल्लेख्य कार्य गर्दै आएकोमा सेवा केन्द्रका महा–सचिव दिपेन्द्र पुडासैनीले व्यक्त गर्नुभयो ।

संस्थाका सचिव विष्णुप्रसाद तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी आ‍.व.को १९ बुँदे वार्षिक कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष निर्मला पुडासैनीले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष मुकुन्द अधिकारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं ७ का पूर्व वडा अध्यक्ष, संस्थाका सदस्य मध्येबाट ज्येष्ठ नागरिक गोपालप्रसाद पण्डित र ॐ आदि फाउण्डेन, कुमारीगालका संस्थापक संरक्षक गुरुपिता शेषराज दाहाललाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा सदस्यहरू उज्जवल अर्याल, कल्पनाकलश सुन्दास, सुरेश शाही, निर्वर्तमान वडा सदस्य कृष्णमणि भट्टराई, संस्थाका सल्लाहकारहरू अधिवक्ता बद्रीनाथ उपाध्याय भट्टराई, अधिवक्ता सुशीला सेढाई, प्रवेश लामिछाने, ध्रुवप्रसाद न्यौपाने तथा सामुदायिक सेवा समाजका अध्यक्ष तथा नेपाल स्काउट बागमती प्रदेश संयोजक शिवराम अर्याल, जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल, नवजागरुक युवा क्लबका अध्यक्ष अमृतजंग थापा, कुमारीगाल टोल सुधार समाजका अध्यक्ष रेणु गिरी, बंगलामुखी मन्दिर संरक्षण तथा व्यवस्थापन समाजका अध्यक्ष कैलाश गर्तौला, मैजुबहाल कल्याणकारी गुठीका अध्यक्ष हरिभक्त महर्जन, मैजुफाँट टोल सुधार समाजका अध्यक्ष बद्रिप्रसाद भट्टराई, गोपाल गौरी प्रतिष्ठानका केन्द्रीय सचिव धनमाया पौडेल भण्डारी, सामुदायिक सेवा केन्द्र चावहिलका अध्यक्ष रमेश महर्जन, सामुदायिक प्रहरी सेवा केन्द्र चावहिलका प्रहरी प्रतिनिधि बालकुमारी लगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै, कार्यक्रममा उमा महेश्वर महिला समूह, मैजुकुमारी महिला समुह, बंगलामुखी महिला समुह, माता बंगलामुखी महिला समूह, कुमारी मन्दिर महिला समूहका अध्यक्ष तथा प्रतिनिधि लगायत स्थानीय बुद्धिजीविवर्ग, सामाजिक अभियन्ता पत्रकार एवं सुरक्षाकर्मी, संस्थाका संस्थापक सदस्यहरू लगायत टोलबासीहरूको उपस्थिति रहेको थियो ।


वि।सं।२०६९ साल जेठ ३२ मा स्थापना भएको यस मैजुकुमारी सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास समाजले स्थानीय धार्मिक, शैक्षिक, सामाजिक र सुरक्षासम्बन्धी विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरी सार्वजनिक जग्गा संरक्षण संवर्दन तथा सामाजिक सुरक्षा लगायतका कार्यहरू गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको संस्थाको अध्यक्ष निर्मला पुडासैनीले बताउनु भयो ।