दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १४ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा र वडा प्रहरी कार्यालय, श्रीपुर को संयुक्त प्रहरी टोली एवं जिल्ला प्रशासन कार्यालय पर्सा, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्ज पर्सा, कन्जुमर आई नेपाल वीरगञ्ज पर्सा र वीरञ्ज उधोग बाणिज्य संघ समेतको प्रतिनिधीहरूको उपस्थिती तथा रोहबरमा विशेष सूचनाको आधारमा सोमबार दिउँसो करिब ०४:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १३, श्रीपुर स्थित श्रवण रूङ्टाको घर भाडामा लिइ वीरगञ्ज महानगरपालिका वडा नं. ०७ बस्ने संजय अग्रवाल समेतले संञ्चालन गरेको Snack & Pack Industries र Foodco Nepal Crop Pvt. Ltd. भित्र म्याद नाघेका खाद्य पदार्थमा नयाँ Label टाँसी बिक्री वितरण गर्नको लागि राखिएकोमा विशेष सूचनाको आधारमा उक्त उधोगलाई कानूनी रीतपुर्‍याइ खानतलासी गर्दा सो उधोगहरूमा म्याद सकिएको मसला, ड्राइफुड, सोस, अजिनो, ब्रेड जाम लगायत अन्दाजी ५५ हजार २ सय ७५ किलो ग्राम खाद्यान्न बस्तु अंदाजी मूल्य रू. २७ लाख ९७ हजार ९ सय ४६ बराबरका मालबस्तुहरू तथा सो मालबस्तुहरूको म्याद सकेको स्थानमा पुनः नयाँ म्याद लेखिने मेसिन थान-१ र सो उधोगहरूमा काम गर्ने तीन जना मानिसहरू बीरगंज महानगरपालिका को क्रमशः वडा नं. १३ बस्ने वर्ष ३२ को मनिष कुमार चौधरी, वडा नं. १४ बस्ने वर्ष ३८ को हरि नारायण प्रसाद कुर्मी तथा वडा नं. ०७ बस्ने वर्ष २३ को आयुष अग्रवाल लाई नियन्त्रणमा लिइ निजहरू विरुद्द खाद्य पदार्थमा मिसावट गर्न नहुने सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको कुरा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।