यसरी हुदैछ सरकार गठन र प्रतिनिधिसभाको बैठक बोलाउने तयारी

 फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना लगभग सकिएको छ । प्रत्यक्षको पछि समानुपातिक तर्फको मत गणनापनि अब सकिएको छ ।  

 निर्वाचन आयोगले सार्वजनिक गरेको मत अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दल राष्ट्रिय दल बनेका छन् । 

निर्वाचन आयोगले अब अन्तिम मतपरिणाम रुजु गरेर समानुपातिक तर्फको सिट बाँडफाँड गर्ने तयारीमा लागेको छ । आयोगले मत परिणाम रुजु गरेपछि दलहरुले जित्ने सिटको टुंगो लगाउने र समानुपातिक सांसद छनौट गर्न दलहरूलाई केहि दिन समय दिने तयारीमा रहेको छ । दलहरुले गत पुस १३ र १४ गते निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीबाट सांसद चयन गर्नुपर्ने व्यवस्था रहेको छ ।

त्यस्तै मतपरिणाम आएसँगै अब प्रतिनिधि सभाको बैठक बोलाउने तयारी समेत शुरु भएको छ । नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने उल्लेख गरिएको छ । 

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएपछि निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ । त्यस्तै सांसदहरुले शपथ शुरुमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र उनले अन्य सांसदलाई शपथ गराउने प्रचलन छ । सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्नेछन् । 

त्यस्तै आयोगले राष्ट्रपतिलाई निर्वाचनको प्रतिवेदन बुझाएपछि सरकार गठनको प्रक्रिया पनि अगाडि बढ्ने छ । रास्वपा स्पष्ट बहुमतसहितको ठुलो दल भएकाले औपचारिक रुपमा निर्वाचन परिणामपछि संसदीय दलको नेता चयन गरेपछि सरकार गठनको प्रक्रिया शुरु हुने छ ।  

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फमा सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेको छ। दोस्रोमा नेपाली कांग्रेसले १८, तेस्रोमा नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले १ र एक जना स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् । त्यस्तै राष्ट्रिय दल भएका दलहरुले समानुपातिक तर्फ सिट पाउने छन् । अहिलेसम्मको प्राप्त मतको आधारमा रास्वपाले करिब ५७ सिट, काँग्रेसले २० सिट, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४-४ सिट पाउने देखिन्छ । यद्यपी आयोगले यसको अन्तिम निर्णय गर्नेछ ।  यस आधारमा रास्वपा दुई तिहाई बहुमतबाट २ सिट पछि परेको देखिन्छ ।     

नयाँ सरकार गठनसँगै पहिलो संसद् बैठक नयाँ भवनबाट नै गर्ने तयारी सरकारले गरिरहेको छ ।  यसअघि नयाँ वानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद् भवन रहेको थियो । गत भदौ २३ र २४ को प्रदर्शनका क्रममा आगजनीपछि उक्त भवन पूर्णरूपमा क्षतिग्रस्त छ ।

२०७६ सालबाट नै सरकारले सिंहदरबारभित्र नयाँ संसद् भवन निर्माण गर्दैछ । तर, ३ वर्षमा निर्माण गरिसक्नुपर्ने नयाँ संसद् भवनको भौतिक प्रगति करिब ९३ प्रतिशत छ । नयाँ संसद् भवन निर्माणका लागि अहिलेसम्म ५ पटक म्याद थपिए पनि पूरा हुन सकेको छैन ।

भवन निर्माणको सम्पूर्ण काम नसकिए पनि बैठक बस्न मिल्ने गरी हल निर्माण सकिने बताइएको छ । न्यूनतम पूर्वाधारसहित बैठक सञ्चालन गर्न आवश्यक केही सभाकक्ष र संरचना तयार हुने बताइएको छ ।

  • Related Posts

    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    सभामुख डीपी अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । सोमबार सभामुख अर्यालले पूर्व सभामुख घिमिरे र सापकोटासँग भेटवार्ता गरेका हुन् । भेटमा नेपालको संसदीय अभ्यास,…

    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले पार्टीको क्रियाशील खारेज गर्न लागेको नभई अध्यावधिक गर्न लागेको बताएका छन् । काँग्रेसले बैशाख १ गतेदेखि एक महिनासम्म देशभर क्रियाशील सदस्यता सम्बन्धि वडा कार्यालयमा गएर…

    पहिलो

    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    • April 14, 2026
    • 76 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    • April 13, 2026
    • 38 views
    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    • April 13, 2026
    • 28 views
    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    • April 13, 2026
    • 28 views
    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    • April 13, 2026
    • 30 views
    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !

    • April 13, 2026
    • 28 views
    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !