तनहुँ, १७ वैशाख : चालु आर्थिक वर्ष तनहुँमा सोह्रवटा योजना कार्यान्वयनमा आउन सकेका छैनन् । योजनाको नाम फरक परेका, विवाद भएका र बजेट सुनिश्चित नभएका योजना कार्यान्वयनमा नआएको हो । सडक योजना अन्तर्गत आठ र झोलुङ्गे पुल आठ वटाको निर्माण रोकिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा दुई सय ९५ योजनामध्ये एघार वटा योजना सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो । साउनदेखि चैत महिनाको हालसम्म नौ वटा मोटर मार्गको स्तरोन्नति र दुई वटा गाडी गुड्ने पक्की पुल निर्माण गरिसकेको छ । ल्होचाडाँडा कृषि पर्यटन सडक अन्तर्गत व्यास–५, म्याग्दे–१,२,३ हँुदै भीमाद नगरपालिका जोड्ने सडक सम्पन्न भएको छ । उहाँका अनुसार व्यास-१० स्थित गोवद्र्धन मार्ग, व्यास-११ को बाराही रानी मार्ग, व्यास-१ को पुरानो छाब्दी मार्ग, व्यास-११ को मुक्तिनारायण मोटर मार्गको स्तरोन्नति कार्य गरिएको छ । त्यसैगरी, घिरिङ- ५ को कामधेनु मोटर मार्ग, म्याग्दे-४ को छाङ–थर्पु मोटरमार्ग, बन्दीपुर–६ को तगारे बाँसपानी साम्दी मोटर मार्ग र भानु नगरपालिकाको बाँके-कवाचित कालीमाटी सडक मार्गको स्तरोन्नति कार्य सम्पन्न भएको छ । कूल तीन सय एघार योजनामध्ये सोह्र वटा योजना रु ३० लाख मुनिका रहेकाले रकमान्तर भई अन्य जिल्लामा सरी गएपछि हाल दुई सय ९५ योजना निर्माण चरणमा रहेको उहाँले बताउनुभयो । सडक निर्माणका लागि वार्षिक बजेट रु बा