युद्धविरामपछि कच्चा तेलको मुल्य घट्यो, एशियाली शेयर बजारमा सकारात्मक प्रभाव

अमेरिका र इरानबीच युद्धविरामको घोषणा भएपछि विश्व बजारमा राहत देखिएको छ । विशेषगरी कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी कच्चा तेल करिब १६ प्रतिशत घटेर प्रति ब्यारेल ९४.५९ डलरमा झरेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेल पनि करिब १५ प्रतिशत घटेर ९२.३५ डलरमा पुगेको छ ।

युद्धविराम र तेलको मूल्य घटेसँगै एसियाली शेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको छ । कारोबार सुरु भएसँगै बजारमा तीव्र वृद्धि भएको छ ।

जापानको निक्केई सूचक चार प्रतिशतभन्दा बढीले बढेको छ भने दक्षिण कोरियाको कोस्पी सूचक पाँच प्रतिशतभन्दा बढीले उकालो लागेको छ । लगानीकर्तामा विश्वास फर्किँदा बजारले राहत महसुस गरेको विश्लेषकहरूले बताएका छन् ।

उता, मुद्रा बजारमा अमेरिकी डलर कमजोर बनेको छ । डलर जापानी येन र दक्षिण कोरियाली वनको तुलनामा घटेको छ । विज्ञहरूका अनुसार युद्धविराम र तेलको मूल्यमा आएको गिरावटले बजारलाई सकारात्मक बनाएको हो, तर आगामी अवस्था भने यो सहमति कति समय टिक्छ भन्नेमा निर्भर रहनेछ ।

युद्धविराम सम्झौताअनुसार आगामी दुई सातासम्म होर्मुज जलडमरू खुला रहनेछ । यस अवधिमा जहाजहरूको सुरक्षित आवागमन इरानी सेनाको सहयोगमा सुनिश्चित गरिने बताइएको छ ।

युद्धका क्रममा यो समुद्री मार्ग लगभग बन्दजस्तै भएको थियो । अब पुनः सञ्चालनमा आउँदा आपूर्ति प्रणाली सामान्य हुने अपेक्षा गरिएको छ । इरानको प्रस्तावअनुसार यस मार्गबाट गुज्रिने प्रत्येक जहाजबाट करिब २० लाख डलर शुल्क लिइनेछ र उक्त रकम ओमानसँग बाँडफाँट गरिनेछ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू पूर्ण रूपमा खोल्नुपर्ने शर्त राखेका थिए, जसपछि मात्र यो युद्धविराम सम्भव भएको बताइएको छ ।

होर्मुज खुल्ने निर्णयको प्रभाव बजारमा स्पष्ट देखिएको छ । तेलको मूल्य १५-१६ प्रतिशतसम्म घटेको छ । यद्यपि यो व्यवस्था अस्थायी भएको र अवस्था अझै अनिश्चित रहेको विज्ञहरूको भनाइ छ ।

  • Related Posts

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

     बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । आगामी दुई वर्षभित्र करिब दुई हजार कर्मचारी हटाइने जनाइएको छ, जसले कुल कर्मचारीको झण्डै १० प्रतिशतलाई…

    अमेरिका-इरानबीच युद्धविरामको समय सकिदै गर्दा सहमतिको प्रयास तिब्र

     अमेरिका र इरानबीच २१ अप्रिलमा समाप्त हुने अस्थायी युद्धविरामअघि महत्वपूर्ण सम्झौताबारे छलफल तीव्र भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार पछिल्ला वार्तामा प्रगति देखिए पनि केही मुख्य विषयमा अझै सहमति बन्न…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 26 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 20 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 22 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 20 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 137 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 19 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ