राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरुलाई आज शपथ गराइदै

संघीय संसदअन्तर्गत राष्ट्रिय सभामा हालै निर्वाचित सदस्यलाई आज शपथ गराइने भएको छ ।

संघीय संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

नेपालको संविधानको व्यवस्था अनुसार २०८२ साल माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यलाई आज शपथ गराइनेछ। कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजना हुने जनाइएको छ ।

नवनिर्वाचित सदस्यलाई शपथ कार्यक्रममा एक घण्टा अगावै औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ । साथै उनीहरूले निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि पनि साथमा ल्याउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै नेपाली भाषाबाहेक आफ्नै मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी सोको एक प्रति संघीय संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

विजयी सांसदहरु को को छन्:

राष्ट्रिय सभाका रिक्त १९ मध्ये एक राष्ट्रपतिबाट मनोनित थिए भने १८ सदस्यका लागि निर्वाचन भएको थियो । जसमा एक जना निर्बिरोध निर्वाचित भएका थिए भने १७ जना निर्वाचनबाट विजयी भएका थिए ।

जस अनुसार कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए भने एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भएका छन् । त्यस्तै मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, लोसपाका महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा विजयी भएका छन् ।

त्यसैगरी बागमती प्रदेशबाट काँग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेमप्रसाद दंगाल विजयी भएका छन् भने गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशबाट काँग्रेसका बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमालेबाट रामकुमारी झाक्री विजयी भएका छन् भने कर्णाली प्रदेशबाट काँग्रेसका ललितजंग शाही र एमालेकी मीनासिंह रखाल विजयी भएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट एमालेका लीलाकुमारी भण्डारी र काँग्रेसबाट खम्मबहादुर खाती विजयी भएका छन् ।

  • Related Posts

    सरकारले थप अर्को अध्यादेश राष्ट्रपति कार्यालय पठायो

    काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न नयाँ अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ ।  नयाँ अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । हालसम्म राष्ट्रपति रामचन्द्र…

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले…

    पहिलो

    अर्थमन्त्री डा. वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

    • May 2, 2026
    • 11 views
    अर्थमन्त्री डा. वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

    ‘काजी’ को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ

    • May 2, 2026
    • 18 views
    ‘काजी’ को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ

    मेडिकल काउन्सिलले थप १९ चिकित्सकको खारेज गर्यो लाइसेन्स

    • May 2, 2026
    • 7 views
    मेडिकल काउन्सिलले थप १९ चिकित्सकको खारेज गर्यो लाइसेन्स

    दिल्ली क्यापिटल्स ७ विकेटले विजयी

    • May 2, 2026
    • 6 views
    दिल्ली क्यापिटल्स ७ विकेटले विजयी

    सरकारले थप अर्को अध्यादेश राष्ट्रपति कार्यालय पठायो

    • May 2, 2026
    • 7 views
    सरकारले थप अर्को अध्यादेश राष्ट्रपति कार्यालय पठायो

    आजको मौसम

    • May 2, 2026
    • 6 views
    आजको मौसम