दीपेन्द्र प्रजापति कालो झोला ।

पर्सा, १२ मंसिर । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको २० वर्ष पुरा गरी गौरवमय रुपमा २१ औँ बर्षमा प्रवेश गर्ने अवसरमा आगामी मंसिर २४ गते शनिवार वृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्याउँदै आएको रेडियो वीरगंजले २० औ वार्षिकोत्सवको अवसरमा रेडियो परिसरमा आयोजना हुने रक्तदान कार्यक्रममा विगतका बर्षहरुमा झै यस बर्ष पनि उल्लेख्य सहभागिता जनाउन रेडियोका श्रोता, शुभचिन्तकहरुलाई रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहले  आह्वान गर्नु हुँदै सो अवसरमा रेडियोले विभिन्न कार्यक्रमको आयोजना समेत गर्ने अध्यक्ष साहले बताएका छन् ।

आम श्रोता, विज्ञापनदाता, शुभेच्छुक, सबैको अपार स्नेहका कारण रेडियो वीरगंज मध्य तराईका श्रोताहरुको ढुकढुकी बन्न सफल भएको कार्यकारी अध्यक्ष साह द्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।