मुना न्यौपाने
ललितपुर, जेठ ३१ गते । जेष्ठ नागरिकहरूलाई देखा पर्दै जाने विभिन्न रोगहरूको सम्बन्धमा अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भयो ।
ललितपुर महानगरपालिका वडा नं. ११ को आयोजनामा लाइफलाइन हेल्थ होम केयर, पुल्चोकको प्राविधिक सहयोगमा पाटन हाई स्कुल, पाटनढोकामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखीकरण कार्यक्रममा डा. अनन्त अर्यालले उमेर बढ्दै जाँदा देखा पर्ने रोग र तिनीहरूको समयमै पहिचान हुन सकेको खण्डमा स्वस्थ्यकर जीवन व्यतीत गर्न सकिने जानकारी राख्दै रोगको सही पहिचान र उपचार गर्न सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष अरोजकुमार खड्की, वडा सदस्यहरू र स्थानीय समाजसेवी मोति शान्ति शाक्यलगायतले घर परिवार र समाजबाटै जेष्ठ नागरिकप्रति जिम्मेवारी बन्न अनुरोध गर्नुभयो ।
फोटो : लक्ष्मी श्रेष्ठ