लहना साप्ताहिकको १३औं वार्षिकोत्सव मनाइयो, नीजि संचारमाध्यमले पाउँदै आएको सुविधा कटौती गर्नु खेदजनक-

दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाडौं, २७ वैशाख । प्रतिनिधि सभा सदस्य कुलभक्त शाक्यले सरकारी विज्ञापन नीजि संचार माध्यमलाई विज्ञापन नदिने सरकारको निर्णय विरुद्ध संसदमा आवाज उठाउने बताएका छन् ।

नेपाल भाषाको रंगीन साप्ताहिक ‘लहना वाःपौ’ को १३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै संघीय सांसद शाक्यले वर्तमान समयमा संचारमाध्यमहरु त्यत्तिकै नै जटिल अवस्थाबाट गुज्रिरहेकोमा सरकारको पछिल्लो निर्णयले नीजि संचारमाध्यमलाई घाँटी निमोठ्ने जस्तो भएको विचार राखे ।

सोही कार्यक्रममा सांसद शाक्यले यस्तो भनेको हुन् । ‘जनताको आवाज बोल्ने संचारमाध्यमलाई संरक्षण गर्नुपर्नेमा सरकारले झन उल्टो दिइएको सुविधा कटौती गर्नु खेदजनक छ ।

मैले यस सम्वन्धमा नीजि संचारमाध्यमसँगै मातृभाषी संचारमाध्यमको पक्षमा संसदमा आवाज उठाउनेछु’ शाक्यले भने । अर्को प्रसङ्गमा शाक्यले विना कुनै विकल्प, सुकुम्वासी बस्तीमा डोजर चलाउन नहुने धारणा राखे ।

सोही कार्यक्रममा बोल्दै नेवाः देय् दबूका अध्यक्ष रश्मिला प्रजापतिले हुकुमावासीको नाम दिएर सबैलाई एउटै नजरले हेरिन नहुने बताए । सडक विस्तार, खोला मापदण्ड, फास्ट ट्राएक लगायत विभिन्न मापदण्ड र सरकारी योजना, आयोजनाले रैथानेहरुलाई पनि सडकमा पु¥याई सुकुम्वासीको अवस्था बनाइदिएको अध्यक्ष प्रजापतिले बताए ।

नक्कली ‘सुकुम्वासीलाई हटाउनै पर्ने हो तर, वास्तविक सुकुम्वासीहरुलाई सरकारले व्यवस्थापन गर्नैपर्छ । विना विकल्प जबरजस्ती डोजर चलाएर सबैको उठीबास लगाइदिनु राज्यको बरबरता नै हो’ प्रजापतिको भनाई हो ।

कार्यक्रमा काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्य, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष लक्की चौधरी, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल लगायतले लहना साप्ताहिकलाई बधाई र शुभकामनासहित आफ्ना कुरा राखेका थिए ।

त्यस्तै सम्मानितबाट नेपाल समाचारपत्रका सहायक सम्पादक महर्जन र नगद पुरस्कारका दातातर्फ बाट जगतबीर सिंह कंसाकार र डा. विजय प्रकाश सैंजुले आआफ्ना विचार राखेका थिए ।

कार्यक्रममा २० हजार राशीसहितको लहना धर्ममोति पत्रकारिता पुरस्कार वर्ष ११४५ का लागि एपिवानकर्मी राजु नापितलाई र ११४६ का लागि खबरसेन्टर अनलाइनका उत्तमकुमार श्रेष्ठलाई प्रदान गरियो ।

यसैगरी १० हजार राशीसहितको लहना केशव कृष्णवदन मातृभाषा पत्रकारिता पुरस्कार ११४५ का लागि ईमेजकर्मी केके मानन्धरलाई र ११४६ काल लागि नेपाल टेलिभिजनकर्मी शकुन्तला महर्जनलाई प्रदान गरियो ।

लहना शर्मिष्ठा सुर सम्मान ११४५ बाट वरिष्ठ निर्देशक पवन जोशी र ११४६ का लागिं कलाकार आराध्यालक्ष्मी खड्गी सम्मानित भए । यस वर्षबाट लहनाले स्वर्गीय पत्रकारद्वय सुशील बीरसिं कंसाकार र सुरेशकिरण मानन्धरको नामबाट पनि पत्रकारिता पुरस्कारको सुरुवात गरेको छ ।

लहना सुशीलबीर सिंह पत्रकारिता पुरस्कार ११४६ नेपाल समाचारपत्रका सहायक सम्पादक सुनिल महर्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशी रु. २० हजार रहेको छ ।

त्यस्तै रु. २५ हजार राशीसहितको लहना सुरेशकिरण पत्रकारिता पुरस्कार ११४६ बाट वरिष्ठ कार्टुनिष्ट रविन साय्मि सम्मानित भए ।

सोही कार्यक्रममा रविन्द्रराज ताम्रकारबाट लिखित नेपालभाषाको पुस्तक संस्कृति, समाज व व्यवसाय’ को विमोचन पनि गरिएको थियो ।

साथै सोही कार्यक्रममा लहना मिडियाले नेपाः टिभिमा संचालन गर्न लागेको चार वटा कार्यक्रमको पनि घोषणा गरिएको थियो । लहना मिडिया र कन्फराक्टीभ मिडियाले संयुक्र रुपमा आयोजना गर्न लागेको लहनाएक्टीभ म्यूजिक भिडियो अवार्डको घोषणा पनि सोही कार्यक्रममा गरिएको थियो ।

लहना साप्ताहिकका प्रधान सम्पादक नृपेन्द्रलाल श्रेष्ठ र व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले विभिन्न बाधा अडचनलाई छिचोल्दै लहना अघि बढिरहेको र भविष्यमा पनि समयसापेक्ष सामग्रीहरुसहित निरन्तर अघि बढिरहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा विभिन्न गायक, गायिका र कलाकारहरुबाट गीत प्रस्तुतिको साथमा नृत्य र वाद्यवादन प्रस्तुति पनि दिइएको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 102 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 127 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 75 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 56 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल