दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १३ असार । प्रहरी चौकी, ईनर्वाले बुधबार बिहान करिब ०९:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक स्थितमा खटिएको चेकिङ टोलीले भारतको रक्सौलबाट संकास्पदरूपमा पैदल यात्री वीरगञ्ज तर्फ आउँदै गरेका अपरिचित व्यक्तिलाई रोकी चेक जाँच गर्दा भारतको विहार राज्यको जिल्ला मोतिहारी थाना रक्सौल डंकन बस्ने वर्ष २० को अनिल भन्ने अनिष सिंहलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजले बोकेको कालो व्याग भित्र लुकाइ छिपाई राखिएको लागु औषध नाइट्राभेट ट्याब्लेट १ हजार ४ सय ७० पिस फेला परेको हुँदा उल्लेखित परिमाणको लागु औषध सहित अनिल भन्ने अनिष सिंहलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ आजै पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान भैरहेको कुरा बरिष्ठ प्रहरी नायब निरीक्षक बिनोद काफ्ले ले बताएका छन् ।