दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०९ भदौ । प्रहरी चौकी, ईनरवा ले बुधबार राति करिब ०८:०० बजेको समयमा भारत बाट नेपाल तर्फ आउदै गरेको एक जना मानिस बाट प्रतिवन्धित लागुऔषध पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी दीपक गिरीका अनुसार  वीरगञ्ज महानगरपालिका वडा नं. १६ भन्सार गेट अगाडीको बाटो हुँदै पैदल यात्रीहरूले लुकाइ छिपाई अवैध लागु औषध भारतबाट नेपाल तर्फ भित्र्याउदै गरेको भन्ने प्राप्त सूचनाको अधारमा त्यहाँ बाट खटिएको नियमित चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा एक जना व्यक्ति संकाष्पद रूपमा हिँडि रहेकोमा उक्त व्यक्तिलाई रोकी चेक जाँच गर्दा मकवानपुर जिल्ला हेटौडा उप महानगरपालिका वडा नं. ०८ बस्ने वर्ष २५ को मञ्जिल लामिछाने ले आफ्नै खुट्टामा टेपले बेरि डाईजेपाम-४१ एम्पुल, नुरफिन-४१ एम्पुल र फेनारगन-४१ एम्पुल गरि जम्मा १ सय २३ एम्पुल लागु औषध फेला परेको हुँदा फेला परेको लागु औषध तथा निज व्यक्तिलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ आजै पर्सा जिल्ला अदालतबाट लागु औषध सम्बन्धी कसूरमा बिहीबार पाँच दिनको म्याद लिइ थप अनुसन्धान भैरहेको कुरा उहाँले बताउनु भएको छ  ।