दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ३० भदौ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिहीबार दिउँसो करिब ०२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०३, आदर्शनगर पानीट्याङकी स्थित सडक खण्ड बाट प्रतिवन्धित लागुऔषध सहित एक जना मानिस लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा त्यहाँ बाट खटिएको टोलीले विशेष संकाष्पद रूपमा पैदल हिंडिरहेका स्थानिय बीरगंज महानगरपालिका वडा नं. ०३ बस्ने वर्ष ३१ को ओजिर अंसारी लाई चेकजाँच गर्दा निजले बोकेको कालो झोला भित्र लुकाइ छिपाई ल्याएको लागु औषध नुर्फिन १ हजार १ सय एम्पुल, डाईजेपाम १ हजार १ सय एम्पुल र फेनारगन १ हजार १ एम्पुल गरी जम्मा ३ हजार ३ सय एम्पुल फेला परेको हुँदा फेला परेको लागु औषध तथा निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको कुरा पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।