दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ३० भदौ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बुधबार राति करिब ०७:५० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १७ अलौ स्थित बाट प्रतिवन्धित लागु औषध सहित तीन जना मानिसहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरी का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए अनुसार यस कार्यालय बाट खटिएको प्रहरी टोलीले छड्के चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 05 AB 5319 नम्बरको कालो सुपर स्पलेण्डर मोटरसाईकल लाई रोकी चेक जाँच गर्दा उक्त मोटरसाइकलमा सवार बीरगंज महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ३७ का पारस महतो, भारतको बिहार राज्य, जिल्ला मोतिहारी पूर्वी चम्पारण, थाना रक्सौल बस्ने द्वय वर्ष १९ को कृष्ण पासवान तथा वर्ष १९ कै आशिष पासवान ले सेतो झोलाभित्र लुकाइ छिपाई राखिएको अवस्थामा लागु औषध डाईजेपाम २ सय ५० एम्पुल, नुर्फिन २ सय ५० एम्पुल तथा फेनारगन २ सय ५० एम्पुल गरी जम्मा ७ सय ५० एम्पुल फेला परेको हुँदा फेला परेको लागु औषध बरामद गरी उल्लेखित नम्बरको मोटरसाइकल र निजहरूलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको कुरा बिहीबार सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गिरीले बताएका छन् ।