लामखुट्टे नियन्त्रणका लागि वीरगंज महानगरको विषादी अभियान, मंगलबार देखि एयर स्प्रे शुरु-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०२ चैत । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने अभियानलाई तीव्रता दिएको छ । लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण रोक्न महानगरपालिकाले विभिन्न विधिबाट विषादी छर्ने काम अघि बढाएको हो ।

महानगरपालिकाले निर्वाचन अघि देखि नै पम्प स्प्रे मार्फत लामखुट्टे मार्ने औषधी छर्कने काम गरिरहेको थियो । अब मंगलबार देखि भने एयर स्प्रे (फगिङ) मार्फत पनि विषादी छर्ने अभियान सुरु गर्न लागेको हो ।

महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँका अनुसार बिहानको समयमा पम्प स्प्रे मार्फत औषधी छर्ने र साँझको समयमा एयर स्प्रे मार्फत विषादी छर्ने कार्यलाई तीव्रता दिइनेछ । यसरी लार्भा अवस्थाको लामखुट्टेलाई बिहान तथा दिउँसो नियन्त्रण गर्ने र वयस्क लामखुट्टेलाई साँझ फगिङ गरेर मार्ने योजना बनाइएको छ ।गर्मी सुरु भए सँगै वीरगंज क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्न थालेको छ ।

त्यसलाई ध्यानमा राख्दै महानगरपालिकाले मंगलबार देखि फगिङ अभियान सुरु गर्न लागेको हो । अभियानको पहिलो दिन वडा नम्बर १, २ र ३ मा एयर स्प्रे गरिनेछ भने सोही तालिका अनुसार आगामी १२ गतेसम्म महानगरका सबै ३२ वटै वडामा विषादी छर्ने कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।

वीरगंजमा चिसो मौसम सकिएर गर्मी सुरु हुने समय र वर्षायामको प्रारम्भमा लामखुट्टेको प्रकोप बढी देखिने गरेको छ । यसलाई नियन्त्रण गर्न महानगरपालिकाले वर्षमा दुई पटक विषादी छर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

महानगर प्रमुख राजेशमान सिंहले लामखुट्टेको टोकाइ बाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता घातक रोग बाट नागरिकलाई जोगाउन विषादी छर्ने कार्यलाई निरन्तरता दिइएको बताउनु भयो । उहाँले नागरिकलाई पनि आफ्नो घर वरपर पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र लामखुट्टे नियन्त्रण अभियानमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    के शहनशिलता को उदाहरन बन्दै इरान

    काठमाडौँ । अमेरिकाले लगाएको समुद्री नाकाबन्दीका कारण इरानलाई करिब ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको तेल आम्दानी गुमेको बताइएको छ। एक्सियोसको रिपोर्ट अनुसार यो आँकडा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले…

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आइपिएलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५…

    पहिलो

    के शहनशिलता को उदाहरन बन्दै इरान

    • May 2, 2026
    • 25 views
    के शहनशिलता को उदाहरन बन्दै इरान

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    • May 2, 2026
    • 22 views
    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    • May 2, 2026
    • 23 views
    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    • May 2, 2026
    • 23 views
    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    • May 2, 2026
    • 22 views
    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    बुद्धको १५ फिट लामो सिंहशैय्यासन 

    • May 2, 2026
    • 25 views
    बुद्धको १५ फिट लामो सिंहशैय्यासन