लामखुट्टे नियन्त्रणका लागि आज बाट फगिङ स्प्रे पनि सुरू-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०३ चैत । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि मंगलबार बाट एयर स्प्रे (फगिङ) मार्फत औषधी छर्न सुरु गरेको छ । महानगरपालिकाले यस अघिदेखि नै पम्प स्प्रे मार्फत लामखुट्टे मार्ने औषधी छर्कने काम गरिरहेको थियो । आजदेखि भने एयर स्प्रे (फगिङ) मार्फत पनि विषादी छर्ने अभियान सुरु गरेको हो ।

महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँका अनुसार बिहानको समयमा पम्प स्प्रे मार्फत औषधी छर्ने र साँझको समयमा एयर स्प्रे मार्फत विषादी छर्ने कार्यलाई तीव्रता दिएको हो । लार्भा अवस्थाको लामखुट्टेलाई बिहान तथा दिउँसो नियन्त्रण गर्ने र वयस्क लामखुट्टेलाई साँझ फगिङ गरेर मार्ने योजना बनाएको हो ।गर्मी सुरु भए सँगै वीरगंज क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्न थालेको छ । त्यस लाई ध्यानमा राख्दै महानगरपालिकाले पम्प र एयर स्प्रे (फगिङ) मार्फत औषधी छरिरहेको हो ।

महानगरले ३२ वटै वडामा विषादी छर्ने गरि तालिका नै बनाएको छ ।वीरगंजमा चिसो मौसम सकिएर गर्मी सुरु हुने समय र वर्षायामको प्रारम्भमा लामखुट्टेको प्रकोप बढी देखिने गरेको छ । यसलाई नियन्त्रण गर्न महानगरपालिकाले वर्षमा दुई पटक विषादी छर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

महानगर प्रमुख राजेशमान सिंहले लामखुट्टेको टोकाइ बाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता घातक रोग बाट नागरिकलाई जोगाउन विषादी छर्ने कार्यलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले नागरिकलाई पनि आफ्नो घर वरपर पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र लामखुट्टे नियन्त्रण अभियानमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    प्रमुख २० समाचार

    १- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी…

    एमसीसी अन्तर्गत धानखोला-लमहीको ४० किमी सडकको स्तरोन्नति कार्य शुरु

    दाङ । एमसीसी अन्तर्गत पूर्व-पश्चिम राजमार्गअन्तर्गत ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्ड स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु गरेको छ। सडक स्तरोन्नति तथा मर्मतका लागि नेपालमै पहिलो पटक गुणस्तर, टिकाउपन र…

    पहिलो

    प्रमुख २० समाचार

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    • April 29, 2026
    • 16 views
    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    • April 29, 2026
    • 21 views
    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    कति छ महावीर पुनको सम्पत्ति ?

    • April 29, 2026
    • 22 views
    कति छ महावीर पुनको सम्पत्ति ?

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    • April 29, 2026
    • 19 views
    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    • April 29, 2026
    • 22 views
    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम