दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १२ बैशाख । वडा प्रहरी कार्यालय, श्रीपुर ले विशेष सूचनाको आधारमा सोमबार राति करिब १०:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १२ स्थित हरियाली रेष्टुरेन्ट अगाडी बाईपास सडक खण्ड बाट प्रतिबन्धित लागु औषध सहित टाटा सुमो तथा चालक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय, श्रीपुर बाट प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने बर्ष २५ को बब्लु पाठकले भारतबाट वीरगञ्ज तर्फ चलाई ल्याएको ना.१ ज. २०३७ नंवर को टाटा सुमो रोकी चेक जाँच गर्दा उक्त गाडीको ईन्जिन माथिको बर्नटको दुबै पट्टीको भागमा कालो प्लाष्टिकमा १४ पोका बनाई लुकाई छिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागु औषध फेनारगन १ हजार ४ सय एम्पुल, डाईजेल्याब १ हजार ४ सय एम्पुल र नुरफिन १ हजार ४ सय एम्पुल गरी जम्मा ४ हजार २ सय एम्पुल फेला परेको हुँदा उक्त लागु औषध, उल्लेखित नम्बरको गाडी सहित बब्लु पाठकलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसुरमा मंगलबार पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भैरहेको कुरा प्रहरी निरीक्षक शाहीले बताएका छन् ।