
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०६ जेष्ठ । वडा प्रहरी कार्यालय, विर्ता तथा मातहत समेत बाट खटिएको प्रहरी गस्ती टोलीले बिभिन्न मिति र समयमा भारतवाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको कपडा, प्याज, मोवाईलको कभर, मोवाइलको टेम्पर ग्लास र CPU लगायतका सामानहरु अंदाजी मुल्य रु . १० लाख ५० हजार बराबरको नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आईतबार दिउँसो करिब ०४:०० बजेको समयमा विरगंज भन्सार कार्यालयमा बुझाईएको कुरा प्रहरी निरीक्षक पुष्कर बोगटीले बताएका छन् ।
