‘वर्क फ्रम होम’ गर्न सरकारको आह्वान

सरकारले घरबाटै काम गर्न अर्थात ‘वर्क फ्रम होम’ गर्न सबैमा आह्वान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो ।

सरकारले ‘वर्क फ्रम होम’ र विद्युतीय सवारीसाधानमा जोड दिन आफ्ना नागरिकलाई आह्वान गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिएकी छन् ।

सरकारले यसअघि नै इन्धन संकट कम गर्न सरकारी कार्यालय र शैक्षिक संस्थानमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मंगलबारको मन्त्रिपरिषद्को बैठकमा सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्ने विषयमा छलफल भएको र सरकारले आवश्यक ठानेमा लगाउन सक्ने बताइन्। 

मन्त्रिपरिषद्को बैठका निर्णय सुनाउदै मन्त्री रावलले भनिन्- ‘मूल्य समायोजनको बाध्यता छ, सरकारले यो तथ्य लुकाउँदैन। त्यसैले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको छ। पेट्रोलियम पदार्थ खपत कम गर्नका लागि आइतबार सार्वजनिक बिदा, शैक्षिक सत्र वैशाख १५ बाट सुरू, इन्धन कोटाको कटौती गरिसकिएको अवस्था छ। आवश्यक परे जोर बिजोर प्रणाली पनि सरकारले लागू गर्नेछ । सरकार जनतासँग ‘वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ ।

त्यस्तै आजको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आयातमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ । 

  • Related Posts

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले…

    कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन स्थगित

    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन स्थगित गरिएको छ ।  शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चार सदस्यीय कार्यदल बनाइएपछि तत्कालका लागि संसदीय दलको…

    पहिलो

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 12 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 22 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 25 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 7 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 20 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 31 views